IME Life

सानिमा जनरलको नाफा चौथो त्रैमाशको भन्दा लेखापरीक्षण प्रतिवेदनमा ३४ प्रतिशतले घट्यो

SPIL
NIC ASIA

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ६६ लाख ३० हजार २१४ रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी कम्पनीले यहि आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमाशिक वित्तीय विवरणमा ८ करोड ६२ लाख ३९ हजार रुपैयाँ मुनाफा देखाएको थियो ।

कम्पनीका अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन अनुसार कम्नपीले गत आर्थिक वर्षमा कुल बीमा शुल्क आर्जन ३७.६० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले ५० करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने पुनर्बीम शुल्क भुक्तानी पछि खुद बीमा शुल्क आर्जन भने १६ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest

यस आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २४ करोड ४० लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । यस मध्ये पुनर्बीमाको दायित्व अन्तर्गत २२ करोड ९ लाख रुपैयाँ रहेको छ । लेखापरीक्षण प्रतिवेदनमा भुक्तानी हुन बाँकी दाबी बापत ६ करोड ३ लाख रुपैयाँ प्रोभिजनिङ गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS