IME Life
Beema Board

शेयर बजारमा कसरी लगानी गर्ने, बजार विश्लेषक दिनेश आचार्यको टिप्स

SPIL
NIC ASIA

काठमाडौं । धेरै मित्रहरुले कुन शेयर किनौ ? भन्दै सोध्ने गर्नुहुन्छ | सबैको मेहनतको कमाइ हुन्छ । धेरैजसो टार्न नसकेर उनीहरुलाई लगानीको सल्लाह दिदा ‘कतै घाटा होला कि’ भन्ने डर लागिरहन्छ । लगानी सल्लाह दिनु सबैभन्दा गाह्रो र अफ्ठ्यारो काम हो ।

कुन शेयर किन्ने  भन्ने प्रश्न धेरै कुरामा भर पर्छ । जस्तो, लगानीको समय र आशा गरेको प्रतिफल, लगानीको उद्देश्य, रिस्क लिन सक्ने क्षमता, तपाईसंग भएको ज्ञान र धैर्यता, लगानी योग्य रकम र लगानीको लागत, तपाईले शेयर मार्केटमा दिन सक्ने समय, दवाब थेग्न सक्ने शक्ति आदि ।

Prabhu
Crest

यी सँगै अन्य धेरै कुराले तपाईले गर्ने लगानी असर गर्ने हुन्छ । सबै कुरा सोधेर तपाइलाई लगानी योग्य कम्पनी यहि हो भनेर बताउन सम्भब पनि हुदैन । त्यसका लागि सबै सँग धेरै समय पनि हुदैन । साथै अध्ययन विश्लेषणबाट किनेको शेयरको मूल्यमा यसबिच धेरै तलमाथि भैसकेको पनि हुन्छ । यसैले कुनै स्टक तोकेर भन्न मिल्दैन र यथोचित पनि हुन्न । अधिकाश बिज्ञ भन्नेहरुले सल्लाह दिने भनेको आफैले किनिसकेको सेयर किन्नुस भनेर भन्ने हो । यसमा आफुसँग भएको सेयरको ‘सप्लाई किल’  होस र मुल्य बढोस भन्ने स्वार्थले काम गरेको हुन्छ ।

लगानीका लागि ध्यान दिनुपर्ने केहि कुरा

लगानीको समय, उद्देश्य र आशा गरेको प्रतिफल । यसमा रिस्क कति लिने पहिले नै सोच्नु पर्छ । शेयर बजारमा उच्च जोखिम उच्च आम्दानी ‘High risk High gain’ भन्ने त भनाई नै छ ।

अल्पकालीन लगानी तथा कारोबार । अल्पकालिन हो भने आधारभूत पक्ष भन्दा पनि टेक्निकलको तालिम लिएर कारोबार गर्यो भने राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ । सतप्रतिसत नमिले पनि मानवीय ब्यबहार बुझ्ने राम्रो माध्यम टेक्निकल विश्लेषण हो | तर नेपाली बजारको डाटा सिस्टम र हल्ला ‘र्युमर’ केन्द्रीत कारोबारले टेक्निकल एनलाईसिसलाई धेरजसो फेल खुवाउने गरेको छ । यद्यपि बजार ब्यवस्थित हुँदै जादा यो पनि भरपर्दो हुदैजान्छ ।

समाचारको भरमा कारोबार गर्ने सोच्दै हुनुन्छ भने खातामा शेयर आउन कति समय लाग्छ कति मूल्य बढ्छ र कति सप्लाई आउन सक्छ पनि विचार गर्नु पर्छ । धितोपत्र बोर्डले भित्री कारोबारमा लगाम लगाउन नसकेको कारणले गर्दा राम्रा भनिएका कम्पनीमा पनि फस्न सक्ने सम्भावनालाई नकार्न सकिदैन |

कर्नरिङ गरेर फन्डामेन्टल सपोर्ट नभएका कम्पनीहरुको कृतिम कारोबारले प्राबिधिक बिश्लेषणलाई प्रभावित पारिरहेका छन् । नियामकमा बस्नेहरु नै ठुला लगानीकर्ता हुँदा पोलिसी करप्सनले इन्साइडर कारोबारलाई फराकिलो बनाइरहेको छ । यसमा पनि ध्यान दिनुपर्छ ।

आधारभूत पक्ष राम्रो नभएको कम्पनी ‘ट्रेड’ गर्न भनेर किनिसके पछि घट्यो भनेर इन्भेस्टमेन्टको रुपमा परिबर्तन गर्नु हुँदैन । यसका लागि ‘प्रोपर स्टप लस’ लगाएर मात्र कारोबार गर्दा उचित हुन सक्छ ।  त्यस्ता स्टकहरु बढ्दा भन्दा धेरै स्पिडमा घट्ने गरेको उदाहरण हामी सँग धेरै छ ।

एक हप्ता, एक महिनामा यति नाफा कमाउछु भन्ने उद्देश्य राख्नुहुन्छ भने त्यति नै गुमाउन पनि तयार हुनुपर्छ । सामाजिक सञ्जाल फेसबुक, भाईबर ग्रुप तथा क्लब हाउसमा सुनिने विज्ञ बिश्लेषक र खेलाडीहरुको कुरा सुन्दा कहिले धेरै जसो फस्ने गरेको पाइन्छ । उनिहरुको सुन्नुस् तर उनीहरुले बोलेका तथा दिएको सुचनाको ‘भेरीफाई’ भने गर्न सक्नु पर्छ । उनिहरुले ‘पम्प’ गरिसकेका स्टक ‘डम्प’ गर्नका लागि सोझा साझा लगानीकर्ताहरु  खोजिरहेका पनि हुन सक्छन् ।

दीर्घकालिन लगानी

दीर्घकालिन लगानी हो भने जहिले पनि आधारभूत पक्ष राम्रो भएको कम्पनीमा लगानी गर्नु होला । रिपोर्ट हेर्दा हरेक वर्ष आउन सक्ने लाभांश र आम्दानी र खर्चलाई मध्यनजर गर्न बिर्सिनु हुदैन । एकचोटी मात्रै हुन सक्ने जस्तो शेयर बेचेको, प्रोभिजन राइट ब्याक गर्दै आम्दानी राखेर नाफा बढेको छ भने त्यस्ता कुराहरुलाई हेर्ने बानि बसाल्नु पर्छ ।

अघिल्लो वर्ष ५० माथि प्रतिशेयर आम्दानी भएको कम्पनीको दोस्रोबर्ष १०/१२ रुपैयाँमा झरेको गतिलो उदाहरण प्रसस्तै देख्न सकिन्छ | धेरैले एउटा दुईवटा मात्रै ईन्डिकेटर हेर्ने गरेका हुन्छन् । प्रति शेयर आम्दानी, नेटवर्थ, मुनाफा आदिलाई मात्र हेरेर बिजनेस ग्रोथ, मेनेजमेन्ट, खर्च अनुपातहरुमा धेरैले ध्यान दिने गरेको पाइदैन । यस्तो कुराले अर्को वर्षमा हुन सक्ने आम्दानी पहिले अनुमान लगाउन मद्दत गर्छ ।

दीर्घकालिन लगानीको लागि शेयर किन्दा भोलि बढ्लाकी जस्तो सोचेर एकै चोटी सबै पैसाको  शेयर किन्ने गर्नु हुँदैन ठुलो करेक्सन आएको समयमा थप्न सक्नु भयो भने अझ धेरै लाभदाइ हुन्छ | नगद तरलताको ब्याकअप राख्नु राम्रो हुन्छ ।

दीर्घकालिन लगानी गर्दा जहिले पनि राम्रो स्टक फिल्टर गरेर कसैले ध्यान नदिएको समयमा लगानी गर्न सक्नु पर्छ र होल्ड गर्न सक्ने धैर्य धारण हुनु पर्छ । सानो उदाहरण, मैले सन् २०२० मा १० को पिइ हुँदा लुम्बिनी विकास बैंक १८० मा किनेको थिए । यो सन् २०२१ फेब्रुअरीसम्म नेप्से डबल हुँदा पनि खासै बढ्न सकेको थिएन । आज यहि स्टक आधारभूत पक्षमा खासै केहि परिबर्तन नहुँदा पनि ३५-४० को पिइमा ७००/८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो त एउटा उदाहरण मात्रै हो, बजारले बारम्बार किन्ने मौका दिन्छ र किनीसकेपछि धैर्य गर्न सक्नुपर्छ । सधै आफुले किनेको भोलिपल्टबाट सर्किट लाग्दै डबल हुने भए सबै ट्रेडर चौधरी भन्दा धेरै धनि हुन्थे होलान् ।

‍यदी अध्ययन गर्न समय हुँदैन भने पोर्टफोलियो मेनेजमेन्ट गर्ने कम्पनीहरुको सहयोग लिएर लगानी गर्ने गर्नु होला । निस्वार्थ भएर कसैले पनि फेसबुकमा तपाइलाई स्टकको जानकारी दिदैन । कसैले फेसबुकमा बुम बुम लेखेको भरमा लगानी गर्नु भयो भने २-४ चोटी कमाउनु होला तर तपाईको एक चोटी डुबेको लगानीले बर्षभरीको सवै नाफा लिएर जाने निश्चित छ ।

जबसम्म नकामाउनु र डुब्नु फरक कुरा हो भनेर बुझ्न सक्नु हुँदैन तबसम्म शेयर मार्केटमा तपाईले घाटा बेहोरी रहनु पर्छ । सकेसम्म ऋण लिएर लगानी नगर्नु होला । तर ऋण लिएर लगानी गरे पनि कम्पनीले दिने लाभांशले ब्याज खर्च धान्न सक्छ भने ढुक्क भएर गरे हुन्छ ।

यसैले नियमित लाभांश दिइरहेका र मध्यम पूँजी (पूँजी बृद्धीको आवश्यकता भएका) कम्पनीहरु छान्दा राम्रो हुन्छ । शेयर बजारमा नियमित कारोबार गर्नका लागि यहि नै यति नै विधि हुन्छन् भन्ने हुँदैन । लगानीकर्ताहरुले फरक फरक रणनीति बनाएका हुन्छन् । बजारलाई सधै एउटै किसिमको कुराले प्रभाव पारेको हुँदैन । कुनै समयमा एउटा सूचनाले बजार बढाउदै गर्दा अर्को समयमा त्यस्तै सूचनाले बजार घटाइरहेको हुन्छ ।

(लेखक शेयर बजारमा लामो समयदेखि सक्रिय छन् । उनि इलाइट क्यापिटलका अध्यक्ष हुन् ।) 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS