IME Life

नेपाल पुनर्बीमा कम्पनीलाई समितिले राख्यो १० सर्त, जीवन बीमाको पुरै जोखिम धारण नगर्न निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीलाई आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृत गर्नु अगाडी राखेका १० वटा शर्तहरु मध्ये ५ वटा सर्तहरु यस भन्दा अगाडीकै छन् । समितिले आर्थिक वर्ष २०७५/७६ मा राखेका ११ सर्त मध्ये ५ वटा सर्त पुरानै छन् भने ५ वटा सर्तहरु नयाँ छन् ।

कम्पनीको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएका सम्पुर्ण कैफियतहरु सुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिन आवस्यक व्यवस्था गर्ने सर्त राखेको छ । यो सर्त यस भन्दा अगाडीको आर्थिक वर्षमा पनि राखिएको थियो । कम्पनीले समितिबाट जारी भएको पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा सञ्चालन) सम्बन्धी निर्देशिका, २०७६ को दफा ७(५) बोमिम महाविपत्ति व्यवस्थापन खाका तयार गर्नका लागि समितिले निर्देशन दिएको छ ।

Prabhu
Crest

कम्पनीले समितिबाट जारी भएको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ११(१) बमोजिम तयार गर्नुपर्ने पुनर्बीमा दिग्दर्शन तयार गर्न समितिले निर्देशन दिइएको छ । समितिले कम्पनीलाई आफ्नो नेट वर्थको आधारमा जीवन बीमा पोर्टफेलियोको पुनर्बीमा धारण गरी बाँकी रहेको जोखिमको लागि पुनर्बीमाको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

समितिबाट जारी भएको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा २७ बमोजिम विस्तृत लेखापरीक्षण गर्न समेत निर्देशन दिएको छ । कम्पनीले अन्य बीमा कम्पनीबाट प्राप्त हुन बाँकी र पुनर्बीमकबाट प्राप्त हुन बाँकी शिर्षकमा देखाएका पुराना बक्यौताहरु असुल उपर गर्न समेत समितिले निर्देशन दिएको छ ।

लेखापरीक्षण समितिलाई प्रभावकारी बनाई आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउन समेत समितिले निर्देशन दिएको छ । समितिबाट मासिक तथा त्रैमाशिक रुपमा पेश गर्नुपर्ने विवरण तथा कागजात तोकिएको समय भित्र पेश गर्ने समेत सर्त तोकिएको छ । कम्पनीले कहिले पनि समयमा यस्ता विवरणहरु पेश गर्ने गरेको छैन । त्यसैले वित्तीय विवरण स्वीकृत गर्नु अगाडी नै यस्तो सर्त तोकिएको हो ।

समितिबाट निरीक्षणका क्रममा देखिएका कैफियतहरु सुधार गर्ने तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिन आवश्यक व्यवस्था सुनिश्चित गर्न समेत निर्देशन दिइएको छ । कम्पनीले समितिबाट वित्तीय विवरण स्वीकृत भएको मितिले ६० दिन भित्र साधारणसभा गर्न सर्त तोकेको थियो । तर कम्पनीले उक्त सर्त बमोजिम समयमा साधारणसभा गर्न सकेन ।

कम्पनीले पुस २२ गते छठौ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ । साधारणसभाले १६.५० प्रतिशत बोनश शेयर र २.५० प्रतिशत नगद लाभांश पारित गरिसकेको छ । शेयरधनीहरुले केहि समयमै उक्त लाभांश पाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS