IME Life
Beema Board

जीवन बीमा अभिकर्तालाई कर्जा दिने बाटो सधैंको लागी बन्द

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा अभिकर्ताहरुलाई जीवन बीमा कम्पनीले उपलब्ध गराउँदै आएको कर्जामा बीमा समितिले नीतिगतरुपमै रोक लगाएको छ । बिहीबार बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ को पहिलो संशोधन जारी गर्दै बीमा अभिकर्तालाई कुनै पनि किसिमको कर्जा प्रवाह गर्न रोक लगाई दिएको हो ।

गत असारदेखि बीमा समितिको निर्देशनमार्फत् बीमकहरुले बीमा अभिकर्तालाई कर्जा सुविधा उपलब्ध गराउन बन्द गरेको थियो । बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ मा जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमा समितिले समय समयमा तोके बमोजिम कर्जा प्रदान गर्न बाधा पु¥याएको मानिने छैन भन्ने प्रावधान रहेकोमा संशोधनमार्फत् उक्त प्रावधानलाई हटाइएको छ ।

Prabhu
Crest

बीमा समितिले संशोधन गर्नुको कारण खुलाउँदै अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक भएको टिप्पणी गरेको छ । जीवन बीमा कम्पनीहरुले निश्चित व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्तालाई पचास लाख रुपैयाँसम्म पनि बिना धितो कर्जा रकम उपलब्ध गराउँदै आएका थिए ।

यसरी उपलब्ध गराइएको कर्जा रकम ज्यादै सहुलियत ब्याज दरमा उपलब्ध गराउनुको साथै बिना धितो उपलब्ध गराइने भएको हुँदा बीमक र बीमितको हित विपरित र जोखिमपूर्ण भएको भन्दै बीमा समितिले रोक लगाउनु परेको हो । अझै पनि पुराना बीमकहरुले बीमा अभिकर्ताहरुलाई बिनो धितो उपलब्ध गराएको कर्जा वापतको करोड रुपैयाँभन्दा बढी रकम असुली हुन सकेको छैन ।

बीमा अभिकर्ताहरु सम्पर्क बिहीन भएकाले बीमा समितिले असुली हुन नसकेको कर्जाको लागी नाफाबाटै कर्जा नोक्सानी व्यवस्था गर्न लगाउनु परेको छ ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका (पहिलो संशोधन), २०७८ पूर्ण पाठ 

बीमकको-संस्थागत-सुशासन-सम्बन्धी-निर्देशिका-संशोधन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS