IME Life
Beema Board

नेपाल पुनर्बीमाको साधारणसभा आज, पहिलो पटक लाभांश पारित हुदै गर्दा कसको भागमा कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आज विहान ११ बजे कार्की ब्याङ्केट बबरमहलमा छैठौ वार्षिक साधारणसभा गर्दैछ । साधारणसभामा २.५० प्रतिशत नगद लाभांश र १६.५० प्रतिशत बोनश शेयरको प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीको स्थापनाकालदेखि अहिलेसम्ममा पहिलो पटक लाभांश दिने भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चति मुनाफाबाट लाभांश दिन थालेको हो । प्रस्तावित लाभांश पुस १३ गतेसम्म कायम शेयरधनीले प्रा्प्त गर्न सक्ने छन् । साधारणसभा प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गरिसकिएको छ ।

Prabhu
Crest

आज पारित हुने लाभांशबाट सबैभन्दा धेरै लाभांन्वित नेपाल सरकार हुनेछ । नेपाल पुनर्बीमा नेपाल सरकारको सबैभन्दा धेरै ४४.०३९ प्रतिशत हिस्सा रहेको छ । नेपाल सरकारले ७२ करोड ६६ लाख ५३ हजार ५०० रुपैयाँको बोनश शेयर, ११ करोड रुपैयाँ नगद सहित जम्मा ८३ करोड ६७ लाख रुपैयाँ पाउदैछ । नगद मध्ये केहि कर प्रयोजनका लागि कट्टी हुनेछ ।

त्यस्तै दोस्रो ठुलो शेयरधनी विशाल ग्रुपले ४ करोड ९८ लाख रुपैयाँ बोनश शेयर, ७५ लाख ६० हजार नगद सहित जम्मा ५ करोड ७४ लाख रुपैयाँ पाउनेछ । त्यस्तै आइएमई ग्रुपले पनि एक करोड ९९ लाख रुपैयाँको बोनश शेयर र ३० लाख २२ हजारको नगद सहित २ करोड २९ लाख रुपैयाँ लाभांश पाउनेछ ।

बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै हिस्सा रहेको राष्ट्रिय बीमा कम्पनीले ४ करोड ५७ लाख रुपैयाँ बोनश शेयर, ६९ लाख २५ हजार नगद सहित ५ करोड २६ लाख रुपैयाँ लाभांश पाउनेछ । बाँकी पुराना निर्जीवन बीमा कम्पनीहरुको हिस्सा बराबर रहेको हुँदा उनिहरुले २ करोड ६६ लाख रुपैयाँको बोनश शेयर र ४० लाख ४५ हजार नगद सहित जम्मा ३ करोड ७ लाख रुपैयाँ लाभांश पाउने छन् । गत वर्ष प्राथमक शेयर खरिद गरेका सर्वसाधारणले पनि बोनश शेयर र नगद लाभांश पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS