IME Life

फरवार्ड माइक्रोफाइनान्सको साधारण सभा पुस ३० गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३० गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय सुनसरीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ ।

Prabhu
Crest

कम्पनीले गत वर्षको मुनाफाबाट कुल ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पारित गर्नेछ ।

सभा प्रयोजनका लागि पुस १६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS