IME Life

कालिका पावरको लाभांश घोषणा, डाक्यो पुस ३० गते साधारण सभा

SPIL
NIC ASIA

काठमाडौं । कालिका पावर कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले पुस ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ६० करोडको १५ प्रतिशतले हुन आउने ९ करोड बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९५ प्रतिशतले हुन आउने ४७ लाख ३७ हजार बराबरको नगद गरि कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Prabhu
Crest

सोही लाभांश पारितका लागि कम्पनीले पुस ३० गते साधारण सभा गर्ने भएको छ । सभा भरतपुर स्थित आफ्नै रजिस्टर्ड कार्यालयमा गर्ने जनाएको छ । सभामा लाभांश सहित अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १९ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS