IME Life

नेप्से ५ अंकले बढ्यो, २ अर्ब ७४ करोडको कारोबार हुँदा टेलिकमको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव २८ अंकले बढेर २,६३३ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज होटल्स एण्ड टुरिजम, निर्जीवन बीमा उपसूचक,माइक्रोफाइनान्स र जीवन बीमा उपसूचक घटेका छन् । आज ९१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२३ वटा कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७४ करोड २० लाख ८५ हजार रुपैयाँको शयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको १४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिस्टिलरीको १० करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महिला लघुवित्तको ९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ८ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ७ करोडमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै सामलिङ पावर र न्यादी हाइड्रोपावर कम्पनीका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ६२ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS