Connect IPS
IME Life

नेपाल बीमक संघको छलफल सकियो, थप अध्ययन गरेर साझा धारणा बनाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमक संघको छलफल सकिएको छ । बीमा समितिले पुनर्बीमाको विषयमा जारी गरेको निर्देशनलाई लिएर सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु छलफलमा जुटेका छन् । आजको छलफलमा सम्पुर्ण प्रमुख कार्यकारी अधिकृतहरुले यस विषयमा थप अध्ययन आवस्यक परेको निष्कर्षण निकालेका छन् । थप अध्ययन पछि मात्रै संयुक्त धारणा बनाउने भन्दै आजको छलफल टुङ्गिएको हो ।

पुनर्बीमाको विषयमा छलफल बोलाइए पनि अधिकांश  समय कोरोना बीमाको दाबी भुक्तानीका विषयमा नै छलफल केन्द्रित भएको सहभागी एक प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । बीमा समितिले मंसिर ९ गते सम्पुर्ण बीमा कम्पनीहरुलाई आफ्नो सम्पुर्ण जोखिम नेपाली पुनर्बीमा कम्पनीमा गर्न निर्देशन दिएसँगै नेपाल बीमक संघले विरोध जनाउदै आएको छ ।

Prabhu
Crest

संघले अहिलेसम्म बीमा समितिमा आधिकारिक रुपमा आफ्नो विरोध प्रस्तुत गरिसकेको छैन । संघले आन्तरिक छलफल पछि मात्रै आफ्नो साझा धारणा बनाउने निर्णय गरेको छ । यसैका लागि संघले दिउसो २ बजेदेखि बैठक गरेको थियो । आजको छलफलमा प्रारम्भिक कुराहरु मात्रै भएको र बाँकी कुराकानी भोलि र पर्सि बृहत छलफल गरेर मात्रै टुङ्गाउने भएको छ ।

यो निर्णयलाई लिएर चौतर्फी विरोध भए पनि बीमा समिति पनि केहि हच्किएको छ । यदि भोलिका दिनमा यस विषयमा चरम विरोध भएमा केहि लचिलो हुने संकेत समितिका एक अधिकरीले जानकारी दिए । यो निर्णमा बीमा समितिमै कतिपय अधिकारीहरु असन्तुष्ट देखिन्छन् । यो निर्णय बीमाको हित बिपरित भएको हुँदा यसले भोलिका दिनमा अझ ठुलो प्रभाव पार्ने उनिहरुको राय छ । यदि बीमा कम्पनीहरुले ससक्त हिसावले विरोध जनाए भने बीमा कम्पनी केहि लचिलो हुने देखिन्छ । यसका लागि कम्पनीहरुले तथ्य तथ्याङ्क सहित अध्ययन गरेर समिति समक्ष प्रस्तुत हुन सक्नु पर्छ ।

यो पनि पढ्नुहोस् ।

हिमालयन रि पाल्न आफैले जारी गरेको पूनर्बीमा निर्देशिका लत्याउँदै समिति

बीमा समितिको नीतिगत भ्रष्टाचार, हिमालयन रिलाई व्यवसाय दिन ठाडो निर्देशन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS