GBIME
IME Life

राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बर्दिया जिल्लाको राजापुर, गुलरिया नगरपालिकामा तथा काभ्रेको धुलिखेल मेडिकल कलेज र विरगञ्जमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न भएको छ । युवा र कलेजका विद्यार्थी लक्षित यो कार्यक्रम प्रति युवा वर्गको साथै देशका विभिन्न ठाउँका कलेजहरुको आकर्षण बढ्दै गइरहेको छ ।

मंसिर ७ गते गुलरियाको बबई बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०५ जना विद्यार्थीको सहभागिता थियो । कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा अतिथि गिरिराज देवकोटा, अभियानका केन्द्रिय सदस्य रमिला चौधरी, क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालले कार्यक्रमको महत्व माथि प्रकाश पारेका हुन् ।

SKYWELL
Crest

त्यसैगरी मंसिर ८ गते राजापुरको अमर सहिद बहुमुखि क्याम्पसमा ९५ जना विद्यार्थीको सहभागितामा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न भएको हो । क्याम्पस उप प्रमुख अरुण कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले बीमा सम्बन्धी प्रशिक्षण दिएका हुन् । कार्यक्रमको महत्व बारेमा क्याम्पस उप प्रमुख अरुण कुमार चन्द, अभियानका केन्द्रिय सदस्य तारावती चौधरी, एजेन्सी मेनेजर सिता चौधरीले प्रकाश पारेका थिए ।

वीरगञ्जको बी पी सी कलेजमा पनि मंसिर ८ गते बीमा जागरण सम्बन्धी कार्यक्रम संचालन भएको छ। कलेजका संयोजक मनोज वर्णवालको अध्यक्षतामा सम्पन्न युवासँग महालक्ष्मी लाइफ कार्यक्रममा ४८ जनाको उपस्थिति रहेको थियो । महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएका थिए भने कार्यक्रममा रंजित पटेल र रोहित गुप्ताले कार्यक्रमको महत्वमा प्रकाश पारेका हुन् ।

त्यसैगरी मंसिर ११ गते शनिबार काभ्रेको धुलिखेल मेडिकल कलेजमा कम्पनीका बनेपा प्रमुख रिकेश कायष्थको अध्यक्षतामा युवासँग महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न भएको हो । एमविविएस, विडिएस र व्यवस्थापनका ५२ जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रिय सदस्य विनु कर्माचार्यले, कार्यालय प्रमुख रिकेश कायष्थ तथा कलेजका डीन डा. राजेन्द्र कोजुले बीमाको महत्व बारेमा प्रकाश पारे । महालक्ष्मी लाइफका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS