आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव २२ अंकले घटेर २,७३१ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज ६१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १२१ वटा कम्पनीको शेयर मुल्य घटेका छन् ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव २७ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ८ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । तेहूथुम पावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । कुमारी बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ९३ प्रतिशतका दरले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार