IME Life

बन्दिपुर गाउँपालिकामा बीमा समिति, कृषि बीमामा समस्या देखियो

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापा, उपाध्यक्ष करुणा गुरुङ सहित सम्पुर्ण वडाका वडा अध्यक्ष सहित जन प्रतिनिधिहरुको सहभागिता रहेको छ । त्यस्तै बीमा समितिको तर्फबाट निर्देशक पुजन ढुङ्गेल अधिकारीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा उप निर्देशक निर्मल अधिकारी र सहायक निर्देशक पुष्पा कुवरको उपस्थिति थियो ।

Prabhu
Crest

जनप्रतिनिधि सहित स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, कर्मचारी तथा कृषकहरु सकित ७० जना भन्दा धेरैको सहभागिता थियो । सहभागीहरुले कृषि बीमाको विषयमा सबैभन्दा धेरै प्रश्न गरेका थिए ।

कृषि बीमाको विषयमा सहभागीहरुले भन्दा धेरै प्रश्न उठाएका थिए । गाउँपालिका अध्यक्ष थापाले विदेशमा बीमा कम्पनीहरुले समयमा दाबी भुक्तानी गर्ने तर नेपालका बीमा कम्पनीहरुमा दाबी पाउन धेरै गाह्रो भएको भन्दै गुनासो गरेका थिए । नेपालमा कृषि बीमा गर्नलाई समेत धेरै समस्या रहेको बताएका थिए ।

बीमा समितिका निर्देशक पुजन ढुङ्गेलले बीमा सम्बन्धी जानकारीमुलक प्रस्तुती दिएकी थिइन् । उनले स्थानीय निकायलाई आफ्नो सेवामा बीमालाई पनि टाइअप गर्न अनुरोध गरेकी थिइन् । समितिका प्रतिनिधिहरुले स्थानीय तहका जनप्रतिनिधि तथा सर्वसाधारणले उठाएका कतिपय विषय वस्तुलाई छलफलका लागि बीमा समितिमा पेश गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS