IME Life

सुरूङ्गा, बनेपा र म्याग्दीमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी लाइफ” बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको युवासँग महालक्ष्मी लाइफ कार्यक्रम झापाको सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न गरेको छ । कम्पनीले एकैपटक शुक्रवार उक्त अभियान सम्पन्न गरेको हो ।

कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातक तहका बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख बिकास उप्रेतीले गरेका हुन् । उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेका थिए । कार्यक्रममा बीमाको महत्व बारे क्याम्पस प्रमुख बिकास उप्रेतिले गरेका हुन् ।

Prabhu
Crest

त्यसै गरी पिपुल्स बहुमुखी क्याम्पस, बनेपामा नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अर्को कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण रामेश्वर श्रेष्ठले गरेका हुन् ।

त्यस्तै, म्याग्दीमा भएको कार्यक्रममा कम्पनीले भिम मा.वि., म्याग्दी पालिका ५ देविस्थानमा विद्यार्थी, शिक्षक र समुदायका युवाहरुसहित ६० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता बिद्यालयका प्रधानाध्यापक डम्बर बहादुर घर्ति मगरले गरेका हुन् । कम्पनीका क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण प्रदान गरेकी हुन् । कार्यक्रमको अन्त्यमा प्रधानाध्यापक डम्बर बहादुर घर्ति मगरलेले कार्यक्रम प्रभावकारि रहेको एवं आवश्यक बिषयमा जानकारी दिएको भन्दै आयोजकलालाई धन्यवाद दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS