IME Life
Beema Board

राष्ट्रिय बीमा संस्थानको नाफा ५२ प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन ४ अर्ब ५३ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ५२ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले पहिलो त्रैमाशिक अवधिमा एक करोड ५६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।

संस्थानले पहिलो त्रैमाशिक अवधिमा ७.६३ प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाउन सफल भएको छ । यस अवधिमा संस्थाले ४ अर्ब ५३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ४ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको थियो । निजामति कर्मचारीहरुको जीवन बीमाको प्रिमियमले पनि संस्थानको व्यवसाय धानिइरहेको छ । जसमा राष्ट्र सेवक कर्मचारीहरुको बीमा शुल्क मात्रै तीन अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा संस्थाको खुद दाबी भुक्तानी पनि बढेको छ । असोज मसान्तसम्ममा कम्पनीले ९५ करोड ५७ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा संस्थाले ६८ करोड ३१ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो ।

नेपाल सरकारबाटै सुरक्षित व्यवसाय पाइरहेको संस्थानको अभिकर्ता कमिसन खर्च भने यस पटक घटेको छ । अभिकर्ताले यस अवधिमा ४ करोड ८४ लाख रुपैयाँको कमिशन भुक्तानी गरेका छन् । गत वर्षको यहि अवधिमा अभिकर्ताहरुले ७ करोड ७३ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

संस्थाको जीवन बीमा कोष एक वर्षको अवधिमा ३० अर्ब ४९ करोड रुपैयाँबाट बढेर ३७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको संस्थानको जगेडा कोषमा ३५ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS