IME Life

साधना लघुवित्तको साधारण सभा सम्पन्न, २६.३१ % लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिकामा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५७ प्रतिशत (कर सहित)  नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

सभामा २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

त्यसैगरी संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन  गरेको र  अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ  ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS