IME Life
Beema Board

युएईमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने मन्त्री श्रेष्ठको वचन

SPIL
NIC ASIA
Sanima Reliance
तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले वैदेशिक रोजागरीको शिलशिलामा युएई पुगेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने बताएका छन् ।

छैटाैँ श्रममन्त्री स्तरीय अबुधाबी डायलगमा सहभागी हुन युएई पुगेका मन्त्री श्रेष्ठले तनहुँ सेवा समाज युएईले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘तपाईँहरु पाखुरामा बल भइञ्जेल विदेशमा काम गर्नुहुन्छ ।  बल सकिएपछि नेपाल फर्कदा केही पनि हुँदैन । नेपालमा अहिले सामाजिक सुरक्षा कोष लागू भएको छ । यहाँ जुन कम्पनीमा काम गर्नुहुन्छ त्यहीबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नेगरी अगाडी बढाउनेछु ।’

उनले युएईमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक लागु गरिदिन आग्रह गरेको बताए । विदेशमा सुरक्षित तवरले काम गर्ने वातावरण सिर्जना आफू प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठले सुनाए ।

Prabhu
Crest

आफूले वैदेशिक रोजगारीमा रहेका नेपालीको गुनासोलाई तत्काल सुनवाइ गर्नेगरी काम गर्ने मन्त्री श्रेष्ठले बताए । ‘वैदेशिक रोजगार विभाग र बोर्डमा गुनासो सेन्टर रहेछ । अब म नेपाल फर्कने वित्तिकै मन्त्रालयमा २४ सैँ घण्टा गुनासो सुनेर भोलिपल्ट विहान १० बजे मेरो टेबलमा ल्याउनु भनेर निर्देशन दिएर काम गर्नेछु’, उनले आश्वस्त पारे ।

दुबईमा कन्सुलरको कार्यालय खोल्न पहल थाल्ने मन्त्री श्रेष्ठको भनाइ छ । गृहजिल्लाबाट रोजगारीको शिलशिलामा युएई पुगेकालाई उनले तनहुँको प्रतिष्ठा उचो पार्नेगरी काम गर्ने दाबी गरे । न्युज कारखाना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS