IME Life
Beema Board

चन्द्रागिरी हिल्सको आम्दानीमा सुधार सँगै नोक्सानमा आयो कमि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चन्द्रागिरी हिल्सको आम्दानीमा सुधार हुन थालेको छ । हिल्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा कोभिड १९ का कारण लकडाउन हुँदा बन्द हुँदा ४४ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

कोभिड १९ को संक्रमणदर विस्तारै कम हुँदै गर्दा कम्पनीको आम्दानीमा सुधार देखिन थालेको हो । हिल्सको प्रशासनिक खर्चमा केहि कमि आएको छ । यस अवधिमा यस्तो खर्च एक करोड १५ लाख रुपैयाँ छ । त्यस्तै वित्तीय खर्च भने ४ करोड ७८ लाख रुपैयाँ छ । आम्दानी भन्दा खर्च धेरै हुँदा हिल्स तीन करोड ८७ लाख रुपैयाँ नोक्सानमा छ । नोक्सानमा देखिएकाले प्रतिशेयर आम्दानी पनि १० रुपैयाँ ऋणात्मक छ ।

Prabhu
Crest

हिल्सको चुक्ता पूँजी एक अर्ब ५३ करोड रुपैयाँ छ । जगेडा कोष भने ४३ करोड २२ लाख रुपैयाँले ऋणात्मक छ । यसका साथै हिल्सको २ अर्ब ४२ करोड रुपैयाँ ऋण रहेको छ । हिल्सको सम्पत्ती, प्लान्ट, सामाग्रीलाई हेर्ने हो भने ३ अर्ब ६ करोड रुपैयाँको छ । हिल्सले आफ्नो आम्दानीबाटै २ अर्ब ४२ करोड रुपैयाँ कर्जा तिर्नु पर्ने अवस्था छ । अर्को तर्फ कोभिड १९ का कारण थिलिएको पर्यटन क्षेत्र माथि उठे पछि मात्रै मुनाफामा देखिन थाले विश्लेषण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS