एनआइसी एशिया बैंकको लाभांश प्रस्ताव, १५ प्रतिशत बोनश दिने

काठमाडौं । एनआइसी एशिया बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश गरि कुल १५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार