IME Life
Beema Board

शिखर इन्स्योरेन्सले बीमा दाबी सरलीकरणका लागि गर्यो अन्तर्क्रिया कार्यक्रम, बीमितलाई सिकाउनु पर्नेमा जोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले शनिवार बीमा दाबी व्यवस्थापन सरलिकरण तथा सहजिकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले दाबी प्रकृयाँलाई सरल, छिटो छरितो तबरले फर्छ्यौट गरी आम जनमानसमा बीमाको आवस्यकता र अपरिहार्यता महसुस गराउनका लागि दाबी विभागका कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरेको छ ।

Prabhu
Crest

कार्यक्रममा बीमा कम्पनीका दाबी विभागका कर्मचारीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा बीमा समितिको तर्फबाट भने उप निर्देशक विरोध भट्टको उपस्थिति थियो । सर्भेयरहरुको तर्फबाट अध्यक्ष सूर्य प्रसाद जोशी र शिव चन्द शाखःले दाबी व्यवस्थापन सरलीकरण तथा सहजिकरणको विषयमा आफ्नो प्रस्तुती दिएका थिए ।

कर्मचारीहरुलाई दाबी भुक्तानी कसरी छिटो गर्न सकिन्छ भनेर प्रशिक्षण दिइएको थियो । बीमा कम्पनी र सर्भेयरको विचमा के कुराले तालमेल मिल्दैन जसले गर्दा दाबी भुक्तानीमा ढिलाइ हुने गरेको छ भनेर दुबै पक्षका विचमा अन्तर्क्रिया भएको छ । दाबी भुक्तानीमा के कुराले ढिलाइ हुने गर्छ भन्ने थाहा पाउनका लागि पनि कम्पनीको आन्तरिक व्यवस्थापनले यस्तो कार्यक्रम आयोजना गरेको हो ।

सहभागी कर्मचारी तथा सर्भेयरले औपचारिक रुपमा कागजको प्रयोगलाई कम गर्दै लैजानु पर्नेमा जोड दिएका थिए । बीमितहरुले समयमा कागजपत्र बुझाउन नसक्दा दाबी भुक्तानीमा ढिलाइ हुने गरेको छ । यसै क्रममा कागजपत्र पुरा नभएको भनेर दाबी भुक्तानी रोकेर राख्नु भन्दा पनि बीमितलाई आवस्यक कागजत्रको विषयमा राम्रो सँग बुझाउदा सबैभन्दा राम्रो हुने हुँदा कम्पनीले बीमा गर्ने समयमै बीमितहरुलाई आवस्यक कागजपत्रको विषयमा राम्रो सँग बुझाउनु पर्नेमा उनिहरुको जोड थियो ।

बीमितलाई सुरुमै आवस्यक कागजपत्रको विषयमा राम्रो सँग बुझाउन मात्रै सकियो भने पनि दाबी समयमा हुने उनिहरुको तर्क थियो । बीमितलाई कागजपत्र पुगेको छैन भन्दै धम्काउने, थर्काउने तथा फर्काउने भन्दा पनि राम्रो सँग बुझाउनु पर्ने उनिहरुको सुझाव थियो । जवसम्म दाबीको विषयमा बीमितहरु शिक्षित हुन सक्दैनन् तवसम्म यो समस्या यथावतनै रहने उनिहरुको भनाई थियो ।

अर्को कुरा जवसम्म सर्भेयर र दाबी भुक्तानी विभागका कर्मचारी विचमा तालमेल मिल्दैन तवसम्म समस्या उहि रहन्छ । दाबी भुक्तानीका लागि बीमा कम्पनीका कर्मचारी र सर्भेयर मिलेर अगाडी बढ्नु पर्नेमा बीमा समितिका उप निर्देशक भट्टको जोड थियो । बीमा कम्पनीले जति धेरै दाबी भुक्तानी गर्यो त्यति नै राम्रो हुन्छ । बीमालेख अनुसार बीमितले जति पाउनु पर्ने हो त्यो पाउनु पर्छ तर नियम भन्दा बाहिर रहेर मनलाग्दी दाबी भुक्तानी भने गर्न नहुने भट्टको भनाई थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS