IME Life
Beema Board

प्रभु इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्यांकनकर्ताको तालिम संचालन गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्यांकनकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी निर्देशिका २०७७ को दफा ३१(१)मा भएको व्यवस्था अनुरुप तपशिल बमोजिम विभिन्न स्थानहरुमा उक्त तालिम संचालन गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

उक्त तालिम जोमसोम, मुस्ताङमा कार्तिक ७ गतेदेखि ९ गतेसम्म संचालन हुनेछ । बेनी म्याग्दीमा कार्तिक २५ गतेदेखि २७ गतेसम्म, बाग्लुङ बजार बाग्लुङमा कार्तिक २८ गतेदेखि ३० गतेसम्म र वालिङ स्याङजामा मङसिर २२ गतेदेखि २४ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।
क्षति मुल्याङकनकर्ताको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि वा वनस्पति वा पशुपन्छी सम्बन्धी विषयमा कम्तिमा दश जोड दुई वा प्रविणता प्रमाणपत्र तह वा सो सरह उर्तिण गरेको हुनुपर्नेछ ।

Prabhu
Crest

उक्त तालिम लिनका लागि आफुले प्राप्त गरेको न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो ३ प्रति चाहिने कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकालेप्रभु इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय तिनकुनेमा सम्पकृ गरी आवेदन दिन सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS