IME Life
Beema Board

निक्षेपमा सुधार सँगै सिडी रेसियो घट्यो, कुन बैंकको निक्षेप र कर्जा विस्तार कति (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरुमा निक्षेप बढे सँगै सिडी रेसियो ०.३१ प्रतिशत विन्दुले सुधार भएको छ । असोज महिनामा बैंकहरुको सिडी रेसियो ८८.७२ प्रतिशत कायम भएको छ । जवकी गत असोज २४ गते अहिलेसम्मकै सर्वाधिक ८९.०३ प्रतिशत थियो ।

लिक्वीडिटी अभाव हुँदा पनि बैंकहरुले असोज अन्तिम सातामा १५ अर्ब २२ करोड रुपैयाँले कर्जा विस्तार गरेका छन् । जवकी यस अवधिमा निक्षेप संकलन भने १३ अर्ब ६५ करोड रुपैयाँले मात्रै बढेको छ । बैंकहरुले एलसी, तथा पुर्ववत एग्रिमेन्ट गरेका कर्जालाई निरन्तरता दिदा पनि कर्जा प्रवाह बढेको देखिएको हो । दशै पछि बैंकहरुमा तरलता केहि सहज हुने अनुमान गरिएता पनि खासै सुधार देखिएन । अहिले सुधार नभएको तरलताको समस्या कार्तिक महिना पछि थप चुलिने संकेत देखिएको छ । नयाँ कर्जा प्रवाह नहुँदा अहिलेलाई सिडी रेसियो घटे पनि कार्तिक महिनामा भने बढ्न सक्ने बैंकरहरुको  आकलन छ ।

Prabhu
Crest

असोज महिनासम्ममा बैंकहरुले ४२ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । असोज महिनाको तेस्रो र चौथो सातामा निक्षेप तथा कर्जा लगानीमा राम्रो सुधार भए पनि अन्तिम साता वडा दशैका कारण खासै धेरै देखिदैन ।

असोज एक महिनामा मात्रै बाणिज्य बैंकहरुले एक खर्ब २६ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । जवकी विगत तीन महिनाको बृद्धि केबल एक खर्ब ५१ अर्ब रुपैयाँ छ । असोज महिनाको आक्रामक कर्जा विस्तारले बैंकहरुको सिडी रेसियो सर्वाधिक टाइट हुन पुगेको हो ।

यस अवधिमा बैंकहरुले ९७ अर्ब रुपैयाँले निक्षेप संकलन गरेका छन् । विगत तीन महिनाको अवधिमा १४ वटा बाणिज्य बैंकहरुको निक्षेप घटेको छ । पहिलो त्रैमाशिक अवधिमा कृषि विकास बैंक, बैंक अफ काठमाडौं, सेञ्चुरी एभरेष्ट, ग्लोबल आइएमई, हिमालयन, माछापुच्छ्रे, मेगा, नेपाल बैंगालदेश बैंक, नेपाल इन्भेष्टमेन्ट, प्रभु, प्राइम, राष्ट्रिय बाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप घटेको हो । यस अवधिमा सबैभन्दा धेरै निक्षेप राष्ट्रिय बाणिज्य बैंकको २८ अर्ब रुपैयाँले खुम्चिएको छ । कर्जा विस्तारमा सबैभन्दा धेरै एनआईसी एशियाको १३ अर्ब ८९ करोड रुपैयाँले बढेको छ तर असोज महिनामा मात्रै हेर्ने हो भने ८८ करोड रुपैयाँले खुम्चिएको छ । तीन महिनाको अवधिमा मेगा बैंकको भने एक करोड रुपैयाँले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS