IME Life
Beema Board

काठमाण्डौं उपत्यकामा शाखा संजाल फैलाउँदै सानिमा बैंक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । सानिमा बैंक लिमिटेडले उपत्यकाभित्र शाखा संजाल बिस्तारलाई रणनीतिकरुपमा अघि बढाएको छ । सानिमा बैंकको व्यवस्थापनले पछिल्लो समयमा रणनीतिकरुपमा शाखा बिस्तारलाई जोड दिएको हो ।

एक महिनाको अवधिभित्र ललितपुर जिल्लामा मात्र सानेपा, मंगलबजार, बालकुमारी, हरिसिद्धि, डोलाहिटीसहित पाँचवटा नयाँ शाखा थपिएका छन् । यसअघि ललितपुरको भैंसेपाटी, सातदोबाटो, कुमारीपाटी, कुपण्डोल, थसिखेल, एकान्तकुनामा शाखा संचालनमा रहेका थिए । बैंक व्यवस्थापनले काठमाण्डौं उपत्यकाभित्र संचालनमा रहेका २६ वटा बिस्तारित काउण्टरलाई व्यवसाय र रणनीतिकरुपमा शाखा कार्यालयमा स्तरोन्नती गरिरहेको छ ।

Prabhu
Crest

काठमाण्डौं उपत्यकाभित्र वा मोफसलमा शाखा कार्यालय आवश्यक भएको नयाँ स्थानमा समेत शाखा थप्ने योजनालाई पनि निरन्तरता दिएको छ । त्यसैगरी काठमाण्डौंंको कलंकी, टेकु, न्यूरोड, बानेश्वर, ग्वार्को, नक्साल, चुच्चेपाटी, सामाखुसी, सोह«खुट्टे, महाराजगंजमा शाखा रहेकोमा गोकर्णेश्वरमा गत साता शाखा स्थापना गरेको छ । भक्तपुरको बोडेमा पनि हालैमात्र शाखा कार्यालय संचालनमा ल्याएको छ । भक्तपुर जिल्लाको गठ्ठाघर र ठिमीमा शाखा संचालन गरिरहेको यो बैंक्ले बालकोट चोकमा पनि चाँडै नै नयाँ शाखा खोल्दैछ । अहिले कार्यालयको लागी आवश्यक पूर्वाधार निर्माण कार्य जारी छ । ९७ स्थानमा एटिएम मेशिन जडान गरेको बैंकको शाखा संख्या ११४ नाघेको छ ।

यद्यपि बैंकको वेभसाइटमा शाखा संजालबारे अध्यावधिक विवरण उपलब्ध छैन । जम्मा ८८ वटा शाखाको नाम,ठेगाना र सम्पर्क नम्बर लगायतको विवरण उल्लेख गरिएको छ । उपलब्ध विवरण अनुसार २०७७ माघसम्ममा काठमाण्डौं उपत्यकाभित्र १६ वटा शाखा र १७ वटा एक्सटेन्स काउण्टर संचालनमा रहेको थियो । वेभसाइटमा बैंकले शाखा संजालबारे जानकारी अध्यावधिक नगरिएका कारण बैंकका ग्राहकलाई आफू नजिकको शाखा वा एक्सटेन्सन काउण्टरबारे जानकारीको अभावमा भौतिकरुपमा बैंकिङ सेवा लिन कठिनाई भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS