IME Life

नबिल बैंकले ल्यायो “नयाँ लुगा” नामको सन्देशमूलक दशैं भिडियो

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंकले “नयाँ लुगा” नामक सन्देशमूलक दशैंको भिडियो सार्वजनिक गरेको छ । बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि यस्तो जनचेतनामुलक भिडियो ल्याएको जनाएको छ ।  यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशैं मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाँउ फर्कने कथामा आधारित रहेको बैंकले जनाएको छ ।

यस भिडियोमा आम नेपालीहरुको आत्मकथा समेटिएको छ । भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन, घरबाट छोरीको फोन आउँदछ, दशैंमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैं किनमेल गरेर गाँउ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रात भरी हिंडेर गाउ पुग्दछन । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

Prabhu
Crest

घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन र अब जागिर खान शहर जाने होइन, गाँउमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवारसंग भेटघाट गरी सुरक्षित साथ खुशी साटासाट गरौं भन्ने सन्देश सरल ढंगले दिएको छ । जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।

भिडियो हेर्न यी लिंक गर्नुपर्नेछ ।
फेसबूक  : https://fb.watch/8ypXHXNZVl/
इन्स्टाग्राम : https://www.instagram.com/tv/CUxS6wZhiES/?utm_source=ig_web_copy_link
युटुब : https://youtu.be/p8zsDtiJwDY

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS