IME Life
Beema Board

युवा सँग महालक्ष्मी लाईफ, बागलुङ र बेनीमा कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । युवा वर्गमा बीमा सँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको “युवा संग—महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियान  छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ ।

यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत “युवा संग – महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न भएको छ । आज विहान बेनी सामूदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरु सहभागि भएका छन् । प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालुले राखेकी थिइन । सावित्रा खत्रीले संचालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका हुन् ।

Prabhu
Crest

यसै क्रममा हिजो आश्विन १९ गते धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि “युवा संग – महालक्ष्मी लाईफ” बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । २५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले गर्नु भएको थियो । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले संचालन गर्नु भएको कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS