IME Life
Beema Board

बजार सुधारको क्रेडिट लिन लगानीकर्ता संगठनको मिडियाबाजी

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार सुधारको क्रेडिट लिनका लागि केहि दिनदेखि लगानीकर्ताका संघ संगठनहरुले मिडियबाजीका लागि प्रेश विज्ञप्ती जारी गरिरहेका छन् । हिजो मात्रै अम्बिका प्रसाद पौडेल सम्मिलित दुई संस्था नेपाल उद्योग बाणिज्य महांसघ र नेपाल इन्भेष्टर फोरमले प्रेश विज्ञप्ती जारी गरेको थियो ।

Prabhu
Crest

गत असोज १३ गते शेयर लगानीकर्ता संघ नेपालले पनि शेयर बजार घटेको भन्दै सम्बन्धित पक्षहरुलाई ध्यानाकर्षण गराएको थियो । असोज १७ गते स्वतन्त्र पूँजी बजार सुधार संघले पनि १८ बुँदे माग सहित विरोध गर्यो ।  आजै नेपाल चेम्बर अफ कमर्सले पनि शेयर बजार सँग सम्बन्धित १६ बुँदे माग राख्दै ध्यानाकर्षण गराएको छ ।  बजार बढिरहदा सधै चुप लागेर बस्ने लगानीकर्ताका संघठनहरु बजार घट्ने वित्तीकै सडकमा उत्रिने गरेका छन् ।

बजार बढिरहेको समयमा उनिहरु सँग बजार सुधारका लागि कुनै एजेण्डा हुँदैन । तर बजार तल झर्न थाले पनि उनिहरु विभिन्न बुँदाहरु लिएर मिडियाबाजी गर्न थाल्छन् । यसरी प्रेश विज्ञप्ती जारी गर्ने संघ संघठनका प्रतिनिधिहरु आफै बजारका खेलाडी हुन् । बजार अधिकतम हुँदा बिक्री गर्नेमा उनिहरु नै हुन्छन् । अनि बजार धेरै तल झर्न थाल्छ त्यस पछि बजार सुधार गर्न उनिहरु विभिन्न माग लिएर मिडियाबाजी गर्न थाल्छन् ।

गत भदौ नेप्से सूचक इतिहासकै सर्वाधिक ३१९९ अंकसम्म पुग्यो । त्यसदिन पछि बजार लगातार ओरालो झरिरहेको छ । बजार तीन हजार माथि हुँदैन टाठाबाठा लगानीकर्ता बाहिरिएका छन् । बैंकिङ प्रणालीमा तरलता टाइट हुँदैछ र भोलिका दिनमा बैंक व्याजदर धेरै नै बढ्नेवाला छ है भन्ने विश्लेषण गर्नेहरु उत्तीनै बेलामा शेयर बिक्री गरेर बाहिए । त्यस पछि तीन लगानीकर्ताका अगुवाहरु विभिन्न निकायहरुलाई दोष दिदै बजार तल झरेको हौवा फुक्न भ्याउछन् ।

आफैले लगाएको दोषलाई तीन निकाय मार्फत संवोधन गराउन लागिपर्छन् । यस अवधिमा उनिहरुले थोरै थोरै गरेर शेयर खरिद गरिसकेका हुन्छन् । दोष लगाइएका निकायहरु नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय तथा अन्य नियामक निकाले संसोधन गर्ने भेउ पाउने वित्तीकै तिनै संस्थाहरु क्रेडिट लिन प्रेश विज्ञप्ती जारी गर्न थाल्छन् ।

पछिल्लो समय लगानीकर्ता संघ संघठनका प्रतिनिधिहरुले राजनीतिक पहुँचका आधारमा अर्थमन्त्री, प्रधानमन्त्री, गभर्नर लगायतलाई भेट्न भ्याए । भेटका क्रममा अर्थमन्त्री तथा उच्च पदस्थ व्यक्तिहरुको सानो आश्वासन पछि यस्ता संघठनले आफ्ना मागहरु प्रेश विज्ञप्ती मार्फत सार्वजनिक गर्ने गर्छन् । यदि संवोधन भइहाल्यो भने आफ्नो आन्दोला तथा दवावका कारण संवोधन भएको भन्दै मिडियामा बोल्दै हिड्छन् । यसमा उनिहरुको पहिलो स्वार्थ बजार बढाउने नै हो । के गर्दा बजार बढ्छ अनि के भन्दा बजार बढ्छ त्यहि भन्ने प्रचलन अहिले शेयर बजारमा देखिन्छ ।

नेप्से सूचक तीन हजारदेखि ३२९९ सम्म पुग्दा र ३२९९ देखि तीन हजारसम्म झर्दा ठुला लगानीकर्ताले शेयर बिक्री गरेर बाहिरिएका छन् । त्यस्ता लगानीकर्ताहरुमा आयात निर्यातकर्ता, व्यवसायी, व्यापारी धेरै छन् । ख्याल ख्यालमै करोडौ कमाएकाहरुले पनि शेयर बिक्री गरेर घरजग्गा खरिद गरिसकेका छन् । यस अवधिमा चलाख लगानीकर्ताले नाफा बुक गरे । तर बजार अझै सुधार हुने अपेक्षामा कर्जा खोजी खोजी लगानी गर्नेहरु सबैभन्दा धेरै डुबेका छन् ।

अर्बौ कारोबार गर्नेहरु बजारबाट बाहिरिए सँगै दोस्रो बजारको कारोबार रकम पनि खुम्चिएको छ । दैनिक २० अर्ब भन्दा माथि कारोबार हुने शेयर बजारमा अहिले तीन अर्बको पनि हुँदैन । आजै शेयर बजार ४१ अंकले सुधार हुँदा कारोबार रकम २ अर्ब ९९ करोड रुपैयाँमा खुम्चिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS