IME Life

बरहथवा नगरपालिकामा बीमा समिति, ‘कम्पनीहरुले दाबी नदिदा बीमा प्रति सर्वसाधारणको विस्वास गुम्दै’

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा बीमा सम्बन्धि जनचेतनामुलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले स्थानीय तह तथा सरोकारवालहरु सँग बीमाको बारेमा जानकारी गराउने अभियान सुरु गरे सँगै बीमा समितिले आज विहान बरहथवा नगरपालिकामा कार्यक्रम गरेको हो ।

कार्यक्रममा बीमा समितिका निर्देशक दिनेशलाल कर्णले बीमा सम्बन्धी आधारभुत जानकारिमुलक प्रस्तुति दिएका थिए । समितिका सहायक निर्देशक पुर्ण बहादुर थापाले स्वागत मन्तव्य दिएका थिए पनि अर्का सहायक निर्देशक हृदयश्वर पण्डितले कार्यक्रम सञ्चालन गरेका थिए ।

Prabhu
Crest

आजको कार्यक्रममा नगरपालिकाका मेयर देवानन्द महतो, उपमेयर सितादेवी माझी, सम्पुर्ण वडाका जनप्रतिनिधिहरु, शिक्षक, व्यवसायी, स्थानीय तहमा रहेका बीमा तथा बैंकका शाखा कार्यलाय प्रमुखहरु, किसान लगायतको उपस्थिति थियो ।

स्थानीय जनप्रतिनिधिका साथै ओरियण्टल इन्स्योरेन्सकी नायव प्रमुख कार्यकारी अधिकृत राथिका मुथुकुमारको समेत उपस्थिति थियो । उक्त कार्यक्रममा कतिपय सहभागीले बीमा समितिले हकप्रद शेयर निष्काशनका लगाएको रोकका विषयमा पनि प्रश्न गरेका थिए । सहभागी किसानले पशु बीमा गरेपछि आफ्नो पशुलाई सर्प बिच्छीले टोकेर मृत्यु भयो भने दाबी पाइन्छ कि पाइदैन भनेर प्रश्न गरेका थिए ।

मेयर देवानन्द महतोले भारतिय जीवन बीमा कम्पनीमा बीमा गर्दा आफ्नो पैसा डुबे पछि नेपालकै जीवन बीमा कम्पनीमा बीम गरिरहेको बताएका थिए । बीमा कम्पनीहरुले समयमा दाबी भुक्तानी नगर्दा आम सर्वसाधारणको बीमा प्रति विस्वास गुम्दै गइरहेको मेयर महतोले उल्लेख गरेका थिए । बीमा आर्थिक जोखिमो रक्षा बरणका लागि भएकाले यदि बीमा कम्पनीहरुले दाबी भुक्तानी गरेनन् भने बीमा समितिमा उजुरी हाल्न कर्णले आह्वान गरेका थिए ।

उपमेयर माझीले आफ्नो नगरपालिकामा बीमा सम्बन्धी नीति ल्याएर महिलाहरुलाई पनि बीमाको दायरामा ल्याउन पहल गर्ने बताएकी थिइन । स्थानीय तहलाई बीमा सम्बन्धी नीति बनाउन औपचारिक रुपमा पत्र पठाउन समेत उपमेयर माझीले अनुरोध गरेकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS