IME Life

कर्मचारी सञ्चयकोषको शेयर बजारमा मात्रै ३५ अर्ब ८७ करोडको लगानी

SPIL
NIC ASIA

काठमाडौं । कर्मचारी सञ्चयकोषले विभिन्न कम्पनीहरुको शेयरमा मात्रै ३५ अर्ब ८७ करोड रुपैयाँ लगानी गरेको छ । कोषले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार यस्तो लगानी एक वर्षमै ६५.५० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा कोषले धितोपत्रहरुमा २१ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेको थियो ।

कोषले बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा मात्रै एक खर्ब ३१ अर्ब रुपैयाँ जम्मा गरेको छ । त्यस्तै कोषले सञ्चयकर्ताहरुलाई २ खर्ब रुपैयाँ कर्जा सापटी दिएको छ । परियोजना तथा संघठित संस्थाहरुलाई ६८ अर्ब ५३ करोड रुपैयाँ सापटी प्रदान गरेको छ ।

Prabhu
Crest

सञ्चय कोषको कोषमा तीन खर्ब ९८ अर्ब रुपैयाँ जम्मा भइसकेको छ । तीन वर्ष अगाडी सुरुवात गरेको निवृत्तीभरण कोषमा एक अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS