IME Life
Beema Board

एक वर्षमै थपिए साढे ४ लाख फिक्स्ड ब्रोड ब्याण्ड इन्टरनेट प्रयोगकर्ता

SPIL
NIC ASIA

काठमाण्डौं । फाइबर र वायरलेस इन्टरनेटको माध्यमबाट इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहक एक वर्षमै ४ लाख ६१ हजार थपिएका छन् । नेपाल दूरसंचार प्राधिकरणका अनुसार फिक्स्ड  ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता ग्राहकको संख्या १६ लाख ३२ हजार ७ सय ६४ जना पुगेको छ ।

प्राधिकरणका अनुसार अघिल्लो आ.व.मा जम्मा ११ लाख ७१ हजार ३ सय ३३ ग्राहक संख्या रहेकोमा गत आ.व.मा ४ लाख ६१ हजार ग्राहक थपिएका हुन् । यसमा मोबाइलमार्फत् इन्टरनेट प्रयोग गर्ने ग्राहकको संख्या जोडिएको छैन ।

Prabhu
Crest

कोरोना महामारीको कारण कार्यालयहरुले घरबाटै काम गर्ने व्यवस्था मिलाएको र विद्यार्थीहरुलाई समेत घरबाटै अध्ययन गर्नुपर्ने बाध्यता रहेको हुँदा इन्टरनेट प्रयोगकर्ता वृछि भएको हो । देशभर हाल ४४ वटा कम्पनीले फाइबर र वायरलेशमाध्यमबाट इन्टरनेट सेवा प्रदान गरिरहेका छन् ।

प्राधिकरणले जारी गरेको आ.व. २०७७।७८ असारमसान्तको तथ्यांक अनुसार सबैभन्दा बढी वल्र्डलिंकको ४ लाख ८५ हजार १ सय ३९ ग्राहक रहेका छन् । यीमध्ये वल्र्डलिंकसँग फाइबर लिंक ग्राहक ४ लाख ८३ हजार ३ सय ९९ रहेको छ । वल्र्ड लिंकले एक वर्षको अवधिमा २९ प्रतिशतले ग्राहक संख्या वृद्धि गर्न सफल भएको छ । अघिल्लो आ.व. ७६।७७ मा वल्र्डलिंकसँग जम्मा ३ लाख ७५ हजार ८ सय ३३ वटा ग्राहक रहेको थियो ।

दोश्रोमा नेपाल टेलिकमसँग २ लाख ९० हजार ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता ग्राहक रहेका छन् । यो मध्ये टेलिकमले फाइबर टु होम सेवामार्फत् १ लाख २२ हजार १ सय १० वटा ग्राहकको घरदैलोमा इन्टरनेट सेवा प्रदान गरिरहेको छ । टेलिकमले अघिल्लो आ.व.को तुलनामा ग्राहक संख्यामा जम्मा १६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

ग्राहक संख्याको आधारमा २ लाख १० हजार ग्राहकसहित तेश्रो ठूलो सेवा प्रदायकको रुपमा सुबिसु केबल नेट रहेको छ । सुबिसु केबलले एक वर्षको अवधिमा ५३ प्रतिशतले ग्राहक संख्या थपेर १ लाख ४९ हजार ७ सय २९ बाट २ लाख १० हजार पुर्याएको छ ।

सस्तोमा इन्टरनेट सेवा वितरण गरेर काठमाण्डौं उपत्यकामा ग्राहक संख्या वृद्धि गरेको क्लासिक टेकसँग गत असारसम्ममा १ लाख ५७ हजार ८ सय ८५ वटा ग्राहक रहेको छ । क्लासिकले एक आ.व.को अवधिमा ग्राहक संख्यामा ४५ प्रतिशतले वृद्धि गरेको छ । त्यसैगरी पाँचौं स्थानमा रहेको भायानेटसँग १ लाख ५२ हजार ग्राहक छ । भायानेटको ग्राहक संख्या झण्डै ३७ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा सस्तो मूल्यमा सर्वाधिक क्षमताको इन्टरनेट सेवा प्रदान गरेर बजारमा प्रवेश गरेको चौधरी समूहको सिजि कम्युनिकेशन प्रा.लि.सँग गत असार मसान्तसम्ममा ५ सय ६७ वटा ग्राहक रहेका छन् । निजी क्षेत्रबाट इन्टरनेट सेवा प्रदायकको रुपमा रहेको सबैभन्दा पुरानो कम्पनीको रुपमा रहेको मर्केन्टाइल कम्युनिकेशनको ग्राहक संख्या झिनो अंकले बढेको छ । अघिल्लो आ.व.मा २ हजार ७८ वटा ग्राहकलाई सेवा प्रदान गरेको मर्केन्टाइलसँग गत आ.व.मा २ हजार २ सय ७५ वटा मात्र ग्राहक रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS