IME Life

अमरगढी नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकामा बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बीमा समितिका उप निर्देशक विरोध भट्ट, सहायक निर्देशक निश्चलराज बानिया, सहायक प्रथम अनुराग पाण्डेको सहभागिता थियो । त्यस्तै नगरपालिकाका प्रमुख, वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, जिल्ला पशु कार्यालय, जिल्ला कृषि विकास कार्यालय, कृषि ज्ञान केन्द्रका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझाले बीमाले सुरक्षा तथा बचतको बानी बस्ने भन्दै नगरवासीहरुलाई बीमा गर्न अनुरोध गरेका थिए । उनले दाबी भुक्तानी प्रकृयाँ निश्चित र सरल बनाउन समितिलाई आवस्यक पहल गर्न अनुरोध गरेका छन् । त्यस्तै नगर उपप्रमुख संगिता भण्डारीले बीमा कम्पनी र जनप्रतिनिधिहरु विचमा बीमा सम्बन्धी कार्यक्रम तथा छलफल गर्न अनुरोध गरेकी छिन् ।

Prabhu
Crest

कार्यक्रमका सहभागीहरुले अभिकर्ता तालिमका लागि बीमा समितिलाई अनुरोध गरेका छन् । कृषकहरुले ट्याग नहुँदा पशु बीमा गर्न नपाएको भन्दै गुनासो गरेका थिए । बीमा कम्पनीहरुले कुखुराको बीमा गर्न आनाकानी गर्ने गरेको बताएका छन् । कृषि ज्ञान केन्द्रका प्रतिनिधिले कृषि बीमाको उचित प्रचार प्रसार नभएको भन्दै कृषि बीमा अभिकर्ताको संख्या बढाउन सुझाव दिएका छन् ।

कार्यक्रममा सहभागीले बीमा समितिलाई प्रादेशिक कार्यालय खोल्न सुझाव दिएका छन् । बीमा कम्पनीहरुले ठुला ठुला सहरमा मात्रै राम्रो सेवा सुविधा दिने गरेता पनि साना सहरमा दिने नगरेको भन्दै सुझाव दिएका छन् । कम्पनीहरुले ठुला सहरहरुमा अग्रिम भुक्तानी दिने गरेता पनि साना सहरहरुमा भने भुक्तानी दिने नगरेको भन्दै गुनासो गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS