IME Life

हालै आईपीओ निष्काशन गरेका तीन नयाँ निर्जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा !

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनीहरु भए पनि तीनै कम्पनीहरुले आईपीओ निस्काशन गरिसकेको अवस्था छ । तीन निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक पनि गरिसकेका छन् । अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन:

Prabhu
Crest

 

चुक्ता पूँजीको आधारमा :
आर्थिक वर्ष २०७७/ ७८ को चौथो त्रैमासमा बीमा कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा तीनै बीमा कम्पनीहरुले सर्वसाधारणलाई आईपीओ निस्काशन गरेर १ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने छन् । तीनै कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत छ भने सर्वसाधारण शेयरको हिस्सा ३० प्रतिशत छ।

जगेडा कोषको आधारमा :
आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासमा बीमा कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार जगेडा कोषमा अजोड इन्स्योरेन्स अघि छ । अजोड इन्स्योरेन्सको जगेडा कोषमा ९ करोड ८ लाख संचित छ भने सानिमा जनरल इन्स्योरेन्सको जगेडा कोषमा ८ करोड ८५ लाख रुपैँया छ भने जनरल इन्स्योरेन्सको जगेडा कोषमा ८ करोड ७५ लाख रुपैँया संचित छ ।

बीमा कोषको आधारमा:
आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासमा बीमा कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बीमा कोषमा अजोड इन्स्योरेन्स अघि छ । अजोड इन्स्योरेन्सको बीमा कोषमा ११ करोड संचित छ भने जनरल इन्स्योरेन्सको बीमा कोषमा १० करोड १६ लाख संचित छ  त्यस्तै सानिमा जनरल इन्स्योरेन्सको बीमा कोषमा ९ करोड ९७ लाख रुपैयाँ संचित छ ।

कुल बीमा शुल्क आर्जन रकमको आधारमा :
आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासमा बीमा कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार  अजोड इन्स्योरेन्सले १ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गरको छ भने जनरल इन्स्योरेन्सले ६५ करोड ६० लाख कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जनरल इन्स्योरेन्सले ६५ करोड १७ लाख कुल बीमा शुल्क आर्जन गरको छ ।

खुद बीमा माशुल्क आर्जन रकमको आधारमा :
आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासमा बीमा कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार खुद बीमा शुल्क आर्जनमा अजोड इन्स्योरेन्स अघि छ । अजोड इन्स्योरेन्सले ३८ करोड २८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने जनरल इन्स्योरेन्सले २० करोड ७० लाख खुद बीमा शुल्क आर्जन गरको छ र सानिमा जनरल इन्स्योरेन्सले १६ करोड ३४ लाख खुद बीमा शुल्क आर्जन गरको छ ।

खुद नाफाको आधारमा:
आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासमा बीमा कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार खुद नाफाको आधारमा अजोड इन्स्योरेन्स अघि छ । यो १२ महिनाको अवधिमा अजोड इन्स्योरेन्सले ९ करोड ५२ लाख खुद नाफा गरेको छ भने जनरल इन्स्योरेन्सले ९`करोड लाख खुद नाफा गरेको छ र सानिमा जनरल इन्स्योरेन्सले ८ करोड ६२ लाख खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासमा बीमा कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अजोड इन्स्योरेन्सको प्रति शेयर आम्दानी ९ रुपैयाँ ५३ पैसा,जनरल इन्स्योरेन्सको ९ रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सको ८ रुपैयाँ ६२ पैसा छ।

किताबी मूल्य :
आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासमा बीमा कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अजोड इन्स्योरेन्सको किताबी मूल्य १२१ रुपैयाँ, जनरल इन्स्योरेन्सको ११९ रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सको पनि ११९ रुपैयाँ रहेको छ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS