IME Life
Beema Board

ग्लोबल आइएमई बैंकद्धारा बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा आएको बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट घरबारविहीन भएकाको जीवनयापन सहज होस् भन्ने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री वितरण गरेको जनाएको छ ।

बैंकले विपद्बाट प्रभावित नवलपरासीको बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका–१८ पम्फापुरका १ सय ३५ घरपरिवारलाई प्रतिघरधुरीे चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनिरल वाटरलगायत सामग्री वितरण गरेको हो ।

Prabhu
Crest

बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालय भुमही र परासीको संयोजकत्वमा उक्त राहत सामग्री वितरण गरिएको बैंकले बताएको छ ।

बैंकका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता तथा रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरको रोहबरमा राहत सामग्री पम्फापुरमा घरपरिवारलाई हस्तान्तरण गरिएको बैंकले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS