IME Life
Beema Board

युनियन लाइफमा १० हजार भन्दा धेरै पोलिसी सरेण्डर हुँदा दाबी भुक्तानी १०५ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा व्यवसायमा आक्रामक रुपमा अगाडि बढेको युनियन लाइफमा पोलिसी सरेण्डर गर्नेको संख्या बढेको छ । अन्य जीवन बीमा कम्पनीहरुको पोलिसी संख्या बढ्दै गर्दा युनियन लाइफको गत वर्ष मात्रै ११ हजार २४१ वटाले घटेको छ । यस अवधिमा केहि म्यादी जीवन बीमाको कारणले संख्यामा कमि आए पनि अन्य पोलिसी सरेण्डर गर्नेको संख्यामा व्यापक बृद्धि भएको छ ।

पोलिसी संख्या ११ हजार २४१ वटाले घट्दा पनि खुद बीमा शुल्क आर्जन भने ४५ प्रतिशतले बढेको छ । कम्पनीले अन्य कम्पनीहरु सँग प्रतिस्पर्धामा आउनका लागि ठुलो ठुलो बीमाङ्कको बीमा पोलिसी बिक्री गरेको छ । होइन भने ११ हजार वटा पोलिसी संख्या घट्दा पनि बीमा शुल्क भने कसरी ४५ प्रतिशतले बढ्यो ?

Prabhu
Crest

सरेण्डर बढ्दा कम्पनीको दाबी भुक्तानी पनि १०५.९९ प्रतिशतले बढेको छ । कम्पनीले एक अर्ब ८७ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । बीमा समितिले पछिल्लो निर्देशिका अनुसार तीन वर्षसम्म सरेण्डर गर्न नपाउने व्यवस्था गरेको छ । तर उक्त गएका वर्षमा जारी भएका पोलिसीमा उक्त नियम लागु हुँदैन । त्यसैले गर्दा अघिल्ला दुई वर्षदेखि टार्गेट पुरा गर्न जारी गरिएका पोलिसी सरेण्डर हुँदा पोलिसी संख्या बढ्नुका साथै दाबी रकम पनि ह्वात्तै बढेको हो ।

अभिकर्ता, ब्रान्च म्यानेजर, मर्केटिङ म्यानेजरदेखि प्रमुख कार्यकारी अधिकृतको टार्गेट पुरा गर्न पोलिसी जारी गर्ने र केहि समयकै अन्तरालमा पोलिसी सरेण्ड गराउने रोग युनियन लाइफमा पनि व्याप्त छ । मनि व्याक पोलिसी मार्फत अभिकर्ता तथा बीमितलाई आकर्षित गर्न खोज्दा कम्पनीको बोनसदर सबैभन्दा धेरै प्रभावित भयो । देखावटी व्यवासायकै कारणले पनि कम्पनीको बोनसदर घटेको हो ।

जुन हिसावले व्यवसाय विस्तार भएको देखिन्छ त्यसको अनुपातमा कम्पनीको मुनाफा एकदमै कम छ । गत वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा २१.४८ प्रतिशतले घटेको छ । गत असारमा प्राथमिक शेयर निष्काशन गरेर दुई सातादेखि दोस्रो बजारमा कारोबार भैरहेको युनियन लाइफको शेयर मूल्य अन्य लाइफ इन्स्योरेन्स कम्पनीको जति पनि पुग्न सकेन । यसको प्रमुख कारण कम्पनीको व्यवसाय विस्तारको अनुपातमा मुनाफा बढ्न नसकेर हो ।

यदि कम्पनीले अभिकर्ता र ब्रान्च म्यानेजरहरुलाई टार्गेट पुरा गर्ने बहानामा जस्तो सुकै हर्कत गर्न दिने हो भने बोनसदरमा कहिले पनि सुधार हुने देखिदैन । कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि जारी गरेको पोलिसी बोनसदरमा न्युनतम २० रुपैयाँ प्रतिहजार रुपैयाँ छ । जवकी त्यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७४/७५ का लागि जारी भएको बोनसदर सूचिमा न्युनतम नै ४० रुपैयाँ छ । यसले पनि कम्पनीको व्यवसाय रियालिष्टिक भन्दा पनि देखावटी बढि छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS