IME Life
Beema Board

५औं जन्मदिनमा श्रीयन्साले पाइन् १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।

यसैक्रममा बिराटनगर महानगरपालिका वडा नंम्बर ४ निवासी सरोज पौडेल र उनकी श्रीमती सृजना कार्कीले आफ्नो छोरी श्रीयन्सा पौडेलको पाँचौ जन्मदिनमा महालक्ष्मी लाईइफ इन्स्योरेन्सबाट छोरीको नाममा १० लाखको पोलीसी उपहार दिएका छन् ।

Prabhu
Crest

पौडेलका अनुसार यसो गर्दा बच्चाको भविष्यको शुनिश्चितता हुनुका साथै अविभावक पनी भबिष्यमा आईपर्ने बच्चा प्रतिको दायित्व बहनमा समेत सहयोग पुग्ने बताए ।

समाजमा हुने यस्ता तडक भडकलाई अब बिस्तारै कम गर्दै हामिले आफु र आफ्नो परिवारलाई शुरक्षित गर्नका लागी गरिने यस्ता असल कार्यले अझ खुसि मिल्ने र आजको यस कार्यले अझै खुसी मिलेको बताए । उनले उपहार दिएको जीबन हेरचाह पोलिसी दश लाखको गर्दा पचासलाख सम्मको लाभ बच्चाले पाउनेगरी सो पोलिसिको बिशेषता रहेको हुदा उनि सो पोलिसी गरेर ढुक्क रहेको बताए ।

बीमा आफैमा राम्रो भएको हुदा नेपालमा भएका १९ वटा लाइफ इन्स्योरेन्स कम्पनी मध्ये जुनसुकैमा पनी बुझेर आफु र आफ्नो परिवारको शुरक्षा साथै भबिश्यको लागी बचत समेत हुने भएको हुदा सबैले आफ्नो केही फजुल खर्चलाई कटौती गरि बचत गर्ने बानिको बिकास गर्न समेत अनुरोध गरे ।

सरोज पौडेल हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजर हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS