IME Life

लगानीकर्तालाई झुक्याउने गरि त्रुटिपुर्ण सूचना प्रवाह गर्ने हाइड्रोपावरका सञ्चालकलाई आयोगले कारबाही गर्ने

SPIL
NIC ASIA

काठमाडौं । जानाजान रुपमा लगानीकर्तालाई झुक्याउने तथा बकाउने प्रयोजनले त्रुटीपूर्ण सूचना प्रवाह गर्ने प्रवर्द्धक एवम् उत्पादक कम्पनीका सञ्चालकहरुलाई विद्युत नियमन आयोगले कारबाही गर्ने भएको छ । पछिल्लो समय हाइड्रोपावर कम्पनीका सञ्चालक तथा उच्चव्यवस्थापकहरुले भित्रि कारोबार गरिरहेका छन् ।

आयोजले गत बैशाख १५ गते सार्वजनिक गरेको बिद्युत सम्बन्धि कम्पनीको शेयरको सार्बजनिक निष्काशन सम्बन्धि निर्देशिका,२०७६ मा आबश्यक संशोधन सम्बन्धमा राय सुझाब प्रतिक्रियाको लागि आयोगको वेबसाइटमा राखिएकोमा विभिन्न किसिमका राय सुझाब प्रतिक्रिया प्राप्त भएको छ । आयोगबाट उक्त निर्देशिकामा कुनै संशोधन भइ नसकेको र त्यसमा उल्लेखित विषय बस्तु अनुसार नै स्वीकृत हुने एकिन नरहेको आयोगले प्रष्ट पारेको छ ।

Prabhu
Crest

कम्पनीले हकप्रद शेयर निष्काशनको सूचना सार्वजनिक गर्नु अगाडि नै बजारमा सूचना प्रवाह गर्ने र मूल्य बढाउने गलत प्रवृत्ती बढिरहेको छ । आर्थिक वर्ष सकिएको तीन चार महिना वित्तीय विवरण सार्वजनिक गर्ने ६ भन्दा लामो समयसम्म साधारणसभा नगर्ने जलविद्युत कम्पनीहरु दोस्रो बजारमा चलखेल गर्न भकाभक हकप्रद तथा बोनस शेयरको प्रस्ताव सहित साधारणसभा आह्वान गरिरहेका छन् ।

विद्युत नियमन आयोगले कम्पनीहरुलाई दिर्घकालिन ऋण तिर्न तथा अन्य कम्पनीमा लगानी गर्ने प्रयोजनका लागि हकप्रद शेयर निष्काशन गर्न दिने विषयले पनि जलविद्युत कम्पनीको शेयरमा तिब्र उछाल आइरहेको छ । आयोगको यस्तो कदमले कतिपय कम्पनीहरुले नभएको सूचना समेत प्रवाह गरिरहेका छन् । मूल्य बढाउन योजनामै नभएको हकप्रद तथा बोसन शेयर वितरणको हल्ला चलाउदा सर्वसाधारण शेयरधनीहरुको जोखिममा पर्ने निश्चित छ ।

यसै क्रममा आयोगले आज एउटा सर्वजनिक सूचना जारी गर्दै लगानीकर्ताहरुलाई जोखिम मूल्याङ्कन गरेर मात्रै लगानी गर्न अनुरोध गरेको छ । विद्युत क्षेत्रका लगानीकर्तालाई विद्युत सम्बन्धी आयोजना एवम् कम्पनीहरुको प्राविधिक तथा वित्तीय अवस्थालाई मध्यनजर गरी तथ्यपरक सूचनामा आधारित भएर उक्त शेयरले दिने दिन सक्ने प्रतिफलको बारेमा राम्रो सँग लेखाजोखा गरी लगानी गर्न वा शेयर खरिद गर्न आयोगले अनुरोध गरेको हो । हरेक किसिमको लगानीमा भिन्नाभिन्नै किसिम र मात्रामा जोखिमहरु हुने भएकाले लगानी गर्दा हुने सम्भावित मुनाफाको मूल्याङ्कन गर्दा त्यस सँगै आउने जोखिम पनि ध्यानपुर्वक आकलन गर्नु पर्ने लगानीकर्ता स्वयंमको जिम्मेवारी भएको आयोगको धारणा छ ।

आयोगले जलविद्युतको शेयर खरिद गर्दा निम्न कुराहरुलाई हेर्न अनुरोध गरेको छ

क. कम्पनीको नेट वर्थ चुक्ता पुँजी भन्दा कम भएको/नभएको

ख. शेयरको बजार मूल्य र प्रति शेयर आम्दानीको अनुपात कम भएको नभएको

ग. चालु सम्पत्ति र चालु दायित्वको अनुपात धेरै भएको नभएको

च. तरलता अनुपात धेरै भएको/नभएको

ङ. निर्माणाधीन आयोजनाको हकमा कार्य प्रगति धेरै भएको/नभएको

च. निर्माणाधीन आयोजनाको विद्युत प्रवाह गर्ने नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनको कार्य प्रगति हेर्दा सो प्रसारण लाइन आयो जनाभन्दा ढिला सम्पन्न नहुने देखिएको / नदेखिएको

छ. आयोजनाको कार्य प्रगतिको हिसाबले ब्यापारिक उत्पादन गर्नु पर्ने मितिसम्म आयोजनाको निर्माण हुनसक्ने/नसक्ने

ज. आयोजनाले बैंक तथा वित्तीय संस्थाको ऋणको किस्ता वा ब्याज समयमा तिरिरहेको/नरहेको

झ. आयोजनाको सञ्चित मुनाफा अधिक रहेको/नरहेको

ञ. विगतमा कम्पनीले उचित लाभांश वितरण गर्ने गरेको नगरेको

ट कम्पनीको व्यवस्थापनसँग विद्युत क्षेत्रको राम्रो अनुभव भएको/नभएको

ठ. आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको/नगरिरहेको

ड. कम्पनीको लेखा परिक्षण प्रतिवेदनमा लेखा परीक्षकको नोटमा लेखिएको बुदाहरू

ढ. आयोजनाको प्रति मेगावाट लागत अन्य कम्पनीका आयोजनासँग तुलनीय रहेको / नरहेको

ण. ऋण तथा स्व-पुँजीको अनुपात

त. कम्पनीले लिएको ऋणको ब्याज दरउच्च रहेको/नरहेको

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS