IME Life
Beema Board

राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा गर्दै, अझै ९ वर्षको बाँकी

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले एकै पटक तीन आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ । संस्थाले भदौ २६ गते शनिवार साधारणसभा गर्ने तयारी गरेको छ । समितिको विगत १२ वर्षदेखि साधारणसभा हुन सकेको छैन ।

बीमा समितिले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरिक्षण प्रतिवेदन स्वीकृत गरे सँगै साधारणसभा गर्ने तयारी गरेको हो । संस्थान, बीमा समिति, महालेखा परिक्षकको कार्यालय र अर्थमन्त्रालयको समन्वयमा उक्त तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न गर्ने सहमति भएको थियो । कतिपय पुराना हिसाव नभेटिएको तथा हिसाव कितावको रेकर्ड नै नष्ट गरेका कारण पनि लेखापरिक्षण हुन सकिरहेको थिए ।

Prabhu
Crest

महालेखा परिक्षणकको कार्यालय तथा अर्थमन्त्रालयले पटक पटक हिसाव मिलाउन तथा लेखापरिक्षण गर्न निर्देशन दिए पनि काम पुरा हुन सकेको थिए । यसले गर्दा तीन वटै निकायको रोहवरमा उक्त लेखापरिक्षण सम्पन्नका लागि बाटो खुलाइएको थियो ।

उक्त तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न भएर साधारणसभा हुने वित्तीकै अर्को तीन आर्थिक वर्षको पनि लेखापरिक्षण सम्पन्न हुने संस्थानले जनाएको छ । संस्थानले आन्तरिक रुपमा २०६९/७०, २०७०/७१, २०७२/७३ र २०७३/७४ को काम पुरा गरिसकेको छ ।

अघिल्लो तीन वर्षको साधारणसभा सम्पन्न हुने वित्तीकै थप चार वर्षको साधारणसभा गर्न संस्थानलाई खासै समस्या पर्ने छैन । बीमा समितिले पनि दुई तीन पटक गरेर साधारणसभा सम्पन्न गर्न सुझाव दिदै आएको छ । अहिलेकै हिसावले काम भैइरह्यो भने यसै वर्षमा उक्त चार वर्षको साधारणसभा पनि सम्पन्न गर्ने योजनामा संस्थान रहेको छ ।

र २०७४/७५ पछाडिको हिसाव किताव पुर्ण रुपमा सुरक्षित भएकाले संस्थानलाई लेखापरिक्षण गर्न गाह्रो पर्ने छैन । अहिलेको साधारणसभाले उक्त लेखापरिक्षण पारित मात्रै गर्ने कार्य योजना रहेको छ । विगत १२ वर्षदेखिको लेखापरिक्षण सम्पन्न भए पछि समितिले तोके अनुसारको पूँजी बढाउने पक्षमा संस्थान रहेको छ ।

लेखापरिक्षण नहुँदा संस्थाले विगत १२ वर्षदेखि बोनसदर निर्धारण गर्न पाएको छैन । पहिलो चरणको तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न हुने वित्तीकै संस्थाले बीमितले पाउने बोनसदर पनि निकाल्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS