IME Life
Beema Board

चौथो त्रैमासको आधारमा नेपाल लाइफ, नेशनल लाइफ र एलआईसी नेपाललाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र तीन ठूला जीवन बीमा कम्पनीमा पर्दछन । तीन कम्पनीहरुले आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासको ( १२ महिनाको ) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । तीन पुराना र स्थापित जीवन बीमा कम्पनीको व्यापार हेर्दा नेपाल लाईफ इन्स्योरेन्स अघि देखिएको छ। नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा : 
नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ७ अर्ब १९ करोड छ भने नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रहेको छ त्यस्तै एलआईसी नेपालको चुक्ता २ अर्ब २१ करोड रहेको छ।

जगेडा कोषको आधारमा :
जगेडा कोषमा नेपाल लाइफ नै अघि छ । नेपाल लाईफको जगेडा कोषमा १ अर्ब १ करोड संचित छ भने नेशनल लाइफको जगेडा कोषमा ८८ करोड २४ लाख रुपैयाँ संचित छ भने एलआईसी नेपालको जगेडा कोषमा ६४ करोड ८७ लाख रुपैँया संचित छ ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा नेपाल लाइफ अघि छ । नेपाल लाईफको जीवन बीमा कोषमा १ खर्ब १२ अर्ब छ भने एलआईसी नेपालको जीवन बीमा कोषमा ८१ अर्ब ६ करोड छ त्यस्तै नेशनल लाइफको जीवन बीमा कोषमा ४२ अर्ब ४२ करोड रुपैयाँ संचित छ ।

बीमा शुल्क आर्जन रकमको आधारमा :
१२ महिनाको अवधिमा नेपाल लाइफले ३१ अर्ब ९६ करोड खुद बीमा शुल्क आर्जन गरको छ भने एलआईसी नेपालले १७ अर्ब ४ करोड र नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरको छन् ।

खुद नाफाको आधारमा :
खुद नाफाको आधारमा नेपाल लाइफ अघि छ । यो १२  महिनाको अवधिमा नेपाल लाइफले ५३ करोड ५९ लाख खुद नाफा गरेको छ भने नेशनल लाइफ इन्स्योरेन्सले ४० करोड १२ लाख खुद नाफा गरेको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १९ करोड ०९ लाख खुद नाफा गरेको छ ।

नेपाल लाइफको प्रति शेयर आम्दानी ७ रुपैयाँ ४४ पैसा, नेशनल लाइफको प्रति शेयर आम्दानी ११ रुपैयाँ ८३ पैसा छ भने एलआईसी नेपालको प्रति शेयर आम्दानी ८ रुपैयाँ ६४ पैसा छ ।

यद्यपि, जीवन बिमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

किताबी मूल्यको आधारमा :

नेपाल लाइफ इन्स्योरेन्सको किताबी मूल्य १२२ रुपैयाँ ३० पैसा छ भने एलआईसी  नेपालको किताबी मूल्य १४१ रुपैयाँ ४३ पैसा छ भने नेशनल लाइफ को किताबी मूल्य १३४ रुपैयाँ ८१ पैसा छ ।

बजार मूल्यको आधारमा:

अन्तिम बजार मूल्यलाई आधार मान्दा एलआईसी नेपालको बजार मूल्य २४०० रुपैयाँ छ भने नेपाल लाइफ को बजार मूल्य १९१८ रुपैया छ त्यस्तै नेशनललाइफ को बजार मूल्य १२१६ रुपैयाँ छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS