IME Life
Beema Board

ङादी ग्रुपले बोनश पारित र २००% हकप्रदको प्रस्ताव सहित डाक्यो साधारण सभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आठौं वार्षिक साधारण सभा असोज ३ गते गर्ने भएको छ । उक्त सभा कम्पनीले क्वीन्स क्याफे, अनामनगर, काठमाडौंमा बिहान ९ बजे शुरु गर्ने बताएको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर वितरण कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाको अन्य प्रस्तावमा बझाङ अपर सेती हाइड्रोपावर प्रोजेक्ट ७० दशमलव ४० मेगावाटको सर्वेक्षण अनुमति पत्रको लागि आवेदन दिएको र सो सम्बन्धमा भए गरेका प्रगति विवरणहरु सभालाई जानकारी गराउने र थप आवश्यक कार्यका लागि सञ्चालक समितलाई अख्तियारी दिने प्रस्ताव पनि पारित एजेण्डा रहेको छ ।

त्यस्तै, सभामा अन्य जलविद्युत कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितलाई अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावीमा संशोधन गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते ९एक दिन० बुक क्लोज गर्ने भएको छ । बुक क्लोजकामे आधारमा भदौ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन तथा कम्पनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS