IME Life
Beema Board

सप्तकोशी डेभलपमेन्ट बैंकको अधिकांश सुचक उत्साहजनक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेकाो छ । बैंकले यस अवधिसम्ममा करिब १०५ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले ३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ६ करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २ दशमलव १६ प्रतिशतले घटेर २१ करोड ७२ लाख रुपैयाँमा कायम भएको छ । यस अवधिमा बैंकको सञ्चालन नाफा ११२ दशमलव ३२ प्रतिशतले बढेको छ

Prabhu
Crest

८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ करोड ८० लाख रुपैयाँ संचिती रहेको छ । रिटेर्न अर्निङमा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आथिृक वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

बैंकको निक्षेप संकलन ३२.६१ प्रतिशतले बढेर ४ अर्ब ५१ करोड १७ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४२.४६ प्रतिशतले बढेर ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६२ पैसाबाट बढेर बढेर ७ रुपैयाँ ४२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ पनि १२० रुपैयाँ ६७ पैसा पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS