IME Life
Beema Board

चालु आर्थिक वर्षमा कुनै पनि बीमा कम्पनीले हकप्रद शेयर निष्काशन गर्न नपाउने, प्रस्ताव नल्याउन समितिको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा कुनै पनि बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न नपाउने भएका छन् । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई अनौपचारिक रुपमा हकप्रद शेयर निष्काशनको प्रस्ताव नल्याउन भन्दै निर्देशन दिएको छ । समितिले अहिलेसम्म कुनै पनि लिखित निर्देशन जारी नगरे पनि कुराकानीको क्रममा हकप्रदका लागि प्रस्ताव नल्याउन निर्देशन दिएको हो ।

कतिपय बीमा कम्पनीहरुले आन्तरिक रुपमा हकप्रद शेयर निष्काशनको तयारी गरिरहेका छन् । तर उनिहरुलाई यो वर्ष उक्त तयारी नगर्न निर्देशन दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुमरण पौडेलले जानकारी दिए ।

Prabhu
Crest

बीमा कम्पनीहरुले चालु आर्थिक वर्षका लागि तयार पार्ने नीति तथा कार्यक्रममा पनि हकप्रद शेयर निष्काशनको योजना नबनाउन समितिले अनुरोध गरेको छ । बीमा कम्पनीहरुले तयार पारेको नीति तथा कार्यक्रम बीमा समितिमा जानकारीका लागि पेश गर्नु पर्ने व्यवस्था छ ।

यस्तो नीति तथा कार्यक्रममा बीमा कम्पनीहरुले शाखा विस्तार, कर्मचारी नियुक्ति, व्यवसायिक योजना, कार्यालय प्रयोजनका लागि आवस्यक पर्ने सूचना प्रविधिमा लगानी, कार्यालय भवन प्रयोजनका लागि घर जग्गा खरिदका योजना बनाएका हुन्छन् । यदि उक्त योजनामा हकप्रद शेयर निष्काशन गरेर पूँजी बढाउने योजना भएमा हटाउन समेत निर्देशन दिइएको छ ।

शेयर बजारमा मूल्य बढाउने प्रयोजनका लागि हकप्रद शेयर निष्काशन गर्ने विक्रितिलाई नियन्त्रण गर्न समितिले यस्तो कदम अपनाएको हो । केहि समय अगाडि अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनको सूचना बाहिर चुहाएर इन्साइडर ट्रेडिङ गरेको भन्दै समितिले रोक लगाएको थियो । बढ्दो क्रममा शेयरको शेयर बजारमा हकप्रद शेयर निष्काशनको सूचनामा खेल्न खोजे पछि कम्पनीहरुलाई समितिले कडाइ गरेको हो ।

अझै पनि कतिपय बीमा कम्पनीले आफ्नो चुक्ता पूँजी बराबर पनि व्यवसाय गर्न सकेका छैनन् । तर थप पूँजी आवस्यक परेको भन्दै उनिहरुले हकप्रद शेयरको प्रस्ताव गरिरहेका छन् । केहि कम्पनीको बदमासीलाई रोक्न खोज्दा वास्तवमै पूँजी आवस्यक परेका कम्पनीहरुलाई बीमा समितिको यस्तो कदमले अप्ठ्यारो पारेको छ ।

समितिले हकप्रद शेयर निष्काशन गर्नु भन्दा अगाडि बीमा समितिको स्वीकृति लिनु पर्ने व्यवस्था गरिदिएको छ । थप पूँजी आवस्यक परेको औचित्यता विनानै कम्पनीहरुले हकप्रद शेयर निष्काशन गरिरहेका छन् । अर्को तर्फ पूँजी आवस्यक परेका बीमा कम्पनीहरुले पनि पटक पटक हकप्रद शेयर निष्काशन गर्ने गरेका छन् । दोस्रो बजारमा आफ्नो कम्पनीको शेयर मूल्य माथि पारिराख्न र सोहि सूचनामा खेलेर पैसा कमाउने सोचका साथ बीमा कम्पनीका सञ्चालक तथा कर्मचारीहरु लागि परेका धेरै उदाहरण छन् । अहिले पनि दोस्रो बजारमा मूल्य बढाउन केहि कम्पनीहरु आन्तरिक रुपमा हकप्रद शेयर निष्काशनको तयारी गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS