IME Life

बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानीका लागि मन्त्रालयलाई पत्र पठाउने

SPIL
NIC ASIA

काठमाडौं । सम्पुर्ण निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले कोरोना बीमाको दाबी भुक्तानी गर्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाए पछि बीमा समितिले आवस्यक पहल गर्न आस्वासन दिएको छ । समितिले कम्पनीहरु सँग कोरोना बीमाका लागि के कति दाबी परेको हो त्यसको यथार्थ विवरण माग गरेको छ ।

गत असारदेखि कोरोना बीमाको मापदण्डको अवधि समाप्त भैसकेको छ । अवधि समाप्त भए सँगै यसमा के कति दाबी परेको छ भनेर यथार्थ विवरण आउने भएकाले सोहि विवरणलाई लिएर समितिले मन्त्रालय सँग समन्वय गर्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

Prabhu
Crest

समितिले नेपाल बीमक संघलाई पनि संस्थागत रुपमा अर्थमन्त्रालय सँग समन्वय गर्न अनुरोध गरेको छ । संघले केहि दिनमा यथार्थ विवरण तयार पार्ने र समितिलाई दिने प्रतिवद्धता व्यक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृतहरुले कोरोना बीमाको कारण अन्य काम गर्नलाई समेत गाह्रो परिरहेको भन्दै यथासिघ्र यसको समाधान तर्फ पहल गरिदिन अनुरोध गरेका हुन् ।

समितिले पनि छिट्टै मन्त्रालय सँग समन्वय गरेर यस विषयमा जानकारी गराउने भन्दै आस्वासन दिएको छ । अर्थमन्त्री तथा अर्थ सचिव सँग भेटेरै यस विषयमा कुराकानी गर्ने र प्रकृयाँ अगाडि बढाइदिन अनुरोध गर्ने पौडेलले जानकारी दिए ।

आज सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुले संयुक्त रुपमा हस्ताक्षर गरि अवदेखि कोरोना बीमाको दाबी भुक्तानी गर्न नसक्ने र सरकारले पैसा नदिएसम्म दाबी भुक्तानी प्रकृयाँ स्थगित गरिएको भन्दै पत्र बुझाएका छन् ।

यो पनि पढ्नुहोस 

कोरोना बीमाको दाबी भुक्तानी बन्द, सिइओहरुले बीमा समितिमा बुझाए संयुक्त हस्ताक्षर सहितको पत्र

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS