युनाइटेड मोदी हाइड्रोपावरका सञ्चालक हिराचनको राजिनामा स्वीकृत

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका सञ्चालक सुकुन्त लाल हिराचनको राजिनामा स्वीकृत भएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले हिराचनले दिएको राजिनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ । उनले विविध कार्य व्यस्तता तथा घरायसी कारण देखाई कम्पनीको संचालक पदबाट राजिनामा दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार