IME Life

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । बैंकले साउन १० गतेदेखि विक्रीमा ल्यायाएको वार्षिक ८ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने अवधि लम्बिएको हो ।

छिटो अवधि साउन १३ गतेभित्र माग बमोजिमको आवेदन नपरेपछि ढिलो अवधि साउन २४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बिचमा माग बमोजिमको आवेदन प्राप्त भएमा कुनै पनि दिन विक्री बन्दको सूचना सार्वजनिक गर्ने जानकारी पनि बैंकले दिएको छ ।

Prabhu
Crest

कम्पनीले ७ वर्षे अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । प्रतिकित्ता १ हजार अंकित मूल्यको कुल कित्तामध्ये १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणमा र बाँकी १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बैंक आफैले विभिन्न व्यक्ति तथा संघ संस्थाहरुमा विक्री गर्नेछ ।

सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये पनि बैंकले ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले बैंकलाई निकै कम कर्जा जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS