IME Life

यूनियन लाइफद्वारा २० लाख ७२ हजार रुपैयाँ दाबी भुक्तानी

SPIL
NIC ASIA

झापा । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी बापतको २० लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले इलामको सुर्योदय नगरपालिका १० का मृतक संजोग प्रधानको परिवारलाई सो रकम हस्तान्तरण गरेको जनाएको छ ।

कम्पनीले सोमबार मृतक प्रधानको घरमै एक कार्यक्रमको आयोजना गरि निजकी श्रीमती कन्चन कार्कीलाई रकम भुक्तानी गरेको कम्पनीका सहायक महाप्रबन्धक तथा १ नम्बर प्रदेश प्रमुख भुपराज पराजुलीले जानकारी दिए ।

Prabhu
Crest

२५ बर्षीय प्रधानको गत असार १४ गते कोरोना संक्रमणबाट मृत्यु भएको कम्पनीले जनाएको छ ।

प्रधानले पाँच महिना अघि मात्र कम्पनीमा २० लाख रुपैयाँको बिमा गरेको र पहिलो पृमियम बापत १ लाख ८०० रुपैयाँ बुझाएको कम्पनीका सुरुङ्गा शाखा प्रमुख नारायण थापाले जानकारी दिए ।

रकम भुक्तानीका लागि प्रक्रिया सुरु गरेको दुई हप्ता भित्रैमा कम्पनीले रकम उपलब्ध गराएको र बिपत्तिको समयमा आर्थिक दायित्व पूरा गरेको भन्दै मृतककी श्रीमती कार्कीले खुशी ब्यक्त गर्दै कम्पनीलाई धन्यवाद दिइन ।

बीमा कम्पनीले भुक्तानी समयमा गर्दैन भन्ने बुझाईलाई युनियनले झुटो साबित गरेको भन्दै नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले कम्पनीलाई विशेष धन्यवाद दिइन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS