IME Life

बीमा कम्पनीका कर्मचारीले पाकेको बोनस पाउन दुई तीन वर्ष कुर्नु पर्ने !

SPIL
NIC ASIA

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष सकिने वित्तीकै कर्मचारीहरुलाई एडभान्समा बोनस वितरण गर्दै  गर्दा बीमा कम्पनीहरुका कर्मचारीहरुले भने विगत दुई तीन वर्षदेखि बोनस प्राप्त गर्न सकेका छैनन् । समयमा लेखापरिक्षण नहुँदा बीमा कम्पनीका कर्मचारीले नियम अनुसार मुनाफाको १० प्रतिशत बोनस रकम प्राप्त गर्न नसकेका हुन् ।

बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा गरिसक्ने भएकाले केहि रकम आर्थिक वर्ष सकिने वित्तीकै वा दशैको समयमा र बाँकी रकम साधारणसभा पछि वितरण गर्ने गरेका छन् । हाल बैंक वित्तीय संस्थाका कर्मचारीहरु एडभान्समा बोनस रकम लिएर मख्ख छन् तर बीमा कम्पनीका कर्मचारीहरु भने विगत दुई तीन वर्ष अगाडिदेखिको बोनस कुरेर बसेका छन् ।

Prabhu
Crest

बीमा कम्पनीहरुले  बैंक वित्तीय संस्थाको जस्तो एडभान्समा बोनस वितरण गर्ने गरेको पाइदैन । अपरिष्कृत वित्तीय विवरण र एक्चुरियल भ्यालुएसन पछिको वित्तीय विवरणमा धेरै अन्तर आउने भएकाले जीवन बीमा कम्पनीहरुले कर्मचारीलाई एडभान्समा बोनस वितरण गर्दैनन् । कतिपय नयाँ जीवन बीमा कम्पनीहरुको एक्चुरियल मूल्याङ्कन पछि नोक्सानमा देखिने गरेको छ । यसरी अपरिष्कृत वित्तीय विवरण अनुसार एडभान्समा बोनस दियो भने भोलिका दिनमा कर्मचारी सँग पैसा उठाउन समस्या पर्ने भन्दै उनिहरुले बोनस नै दिने गरेको पाइदैन ।

नियम अनुसार कर्मचारीले मुनाफाको १० प्रतिशत बोनस प्राप्त गर्छन् । तर यस्तो रकम दुई तीन वर्ष पछि मात्रै प्राप्त गर्नु पर्ने अवस्था रहेको छ । सम्पुर्ण जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण सम्पन्न गरेका छैनन् । अझ केहि कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ कै लेखापरिक्षण र साधारणसभा सम्पन्न गर्न सकेका छैनन् । कतिपय कम्पनीले दुई तीन महिनामा अगाडी मात्रै अघिल्लो आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेका थिए । राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीका कर्मचारीले दशकौदेखिको बोनस प्राप्त गर्न सकेका थिएनन् । बीमा समिति र अर्थमन्त्रालयको समन्वयमा गत वर्षदेखि एणभान्समा केहि रकम वितरण गर्न थालिएको छ ।

कर्मचारीको अस्थिरताका कारण पनि अन्य बीमा कम्पनीहरु एडभान्समा बोनस रकम दिन मानिरहेका छैनन् । बोनस रकम कर्मचारीको हौसला बढाउनका लागि दिइन्छ तर उक्त रकम प्राप्त गर्न वर्षौ कुर्नु पर्ने बाध्यताले गर्न उनिहरु सबैभन्दा धेरै मारमा छन् ।

अपरिस्कृत वित्तीय विवरणमा कम्पनीहरुले कर्मचारी बोनस प्रयोजनका लागि प्रोभिजनिङ गरेका हुन्छन् । कर्मचारीका लागि यसरी प्रोभिजनिङ गरे पनि यो रकम वितरण भने गरिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS