IME Life

असार मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब २० अर्ब बीमा शुल्क(सूचिसहित)

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असार मसान्तसम्ममा १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङक अनुसार संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा ७९ लाख २६ हजार २ सय ३ वटा बीमा पोलिसी जारी गरि १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । कोरोना महामारीको समयमा पनि जीवन बीमा कम्पनहिरुले आफ्नो व्यवसाय विस्तार गरेका छन् । सबै जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन बृद्धि भएको छ ।

समितिको तथ्याङ्क अनुसार असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३२ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा १७ अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्म १२ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

समितिको तथ्याङ्क अनुसार असार मसान्तसमममा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ४१ करोड रुपैयाँ, यूनियन लाइफले ६ अर्ब ७७ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ९२ करोड रुपैयाँ, मेट लाइफले ५ अर्ब ०२ करोड रुपैयाँ, सूर्या लाइफले ४ अर्ब २६ करोड रुपैयाँ, प्राइम लाइफले ४ अर्ब ०३ करोड रुपैयाँ, गुँरास लाइफले ३ अर्ब ६८ करोड रुपैयाँ र सिटिजन लाइफले ३ अर्ब ५९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, ज्योति लाइफको ३ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९९ करोड रुपैयाँ, रिलायन्स लाइफले २ अर्ब ५७ करोड रुपैयाँ, आइएमई लाइफले २ अर्ब ७९ करोड रुपैयाँ, सन नेपाल लाइफको २ अर्ब २२ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ९५ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब ४५ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब ०६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS