IME Life

आ.ब २०७७ /७८ मा ३९ वटा बीमा कम्पनीको कुल बीमा शुल्क १ खर्ब ५१ अर्बमाथि

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । गत आर्थिक वर्ष २०७७ /७८ मा ३९ वटा बीमा कम्पनीहरुले कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले साउन १ गते सबै बीमा कम्पनीहरुमा गरेको स्थलगत अनुगमनका आधारमा यस्तो तथ्याङक प्राप्त भएको समितिले जनाएको छ ।

समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

Prabhu
Crest

अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/ ७८ मा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क २८ दशमलव ७१ प्रतितशले बृद्धि भएको हो भने निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १५ दशमलव ३५ प्रतिशतले बृद्धि भएको हो ।

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले १५ हजार ९६४ वटा बीमालेख वापतको २ अर्ब २५ करोड २ लाख र निर्जीवन बीमा कम्पनीहरुले८६ हजार ४४० वटा बीमालेख वापत २० अर्ब १४ करोड ५१ लाख बीमा मागदाबीको भुक्तानी दिन बाँकि रहेको बीमा कम्पनीहरुबाट प्राप्त भएको समितिले जानकारी दिएको छ ।

त्यसैगरी समितिले गरेको स्थलगत अनुगमनका आधारमा गत आर्थिक वर्ष जीवन बीमा मार्फत ९ अर्ब ८८ करोड १४ लाख बराबरको ६३ हजार ३३१ वटा बीमालेखहरु व्यतित भएको तथ्याङक प्राप्त भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS