आज सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

काठमाडौं । आज सुनको भाउ बढेको छ । आइतबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सयले बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार