IME Life

फर्स्ट माइक्रोफाइनान्सको अधिकांश सूचकमा प्रगति

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्ममा १४ करोड १५ लाख २८ हजार खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष खुद नाफा १ दशमलव २९ प्रतिशत बढी भएको देखिएको छ । अघिल्लो वर्ष कम्पनीले १३ करोड ९७ लाख २८ हजार खुद नाफा गरेको थियो ।

अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको सञ्चालन मुनाफा ३ दशमलव २९ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष २१ करोड ७९ लाख ७५ हजार संचालन नाफा गरेको कम्पनीले गत वर्ष २२ करोड ५१ लाख ४५ हजार संचालन मुनाफा आर्जन गरेको छ ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार छ भने अघिल्लो वर्षभन्दा गत वर्ष जगेडा कोष रकम १०२ दशमलव ५२ प्रतिशतले बढी संचिती गरेको छ ।। अघिल्लो वर्ष १३ करोड ८३ लाख ४३ हजार रहेको जगेडा कोषमा संचिती थियो भने गत वर्षको चौथो त्रैमासमा २८ करोड १ लाख ७१ हजार रुपैयाँ संचिती रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ८ अर्ब २० करोड ४१ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समिक्षा अवधिमा कम्पनीको कर्जा प्रवाह ४८ प्रतिशत बढी हो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS