देउवा सरकारले बिश्वासको मत पाउने भएसँगै ९७ अंकले बढ्यो शेयर बजार

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मद पाउने भएसँगै शेयर बजार ९७ दशमलव २१ अंकले बढेर २,९८० दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढेका छन् । आज १७४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स कम्पनकिो भएको छ । कम्पनीको ४० करोड ९९ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ३८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कामना सेवा विकास बेंकको ३४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, ङादी ग्रुप,हिमालयन पावर पार्टनर, सिङगटी हाइड्रोपावर, कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतितशका दरले कमाएका छन् ।

शेयर बजार भारी अंकले बढ्दा एनआइबिएल समृद्धि फण्ड २ का इकाईधनीले ५ दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार