IME Life
Beema Board

जनरल इन्स्योरेन्सले रामचन्द्र श्रेष्ठलाई नै सिइओ बनाउने, बीमा समितिबाट स्वीकृति आउन बाँकी

SPIL
NIC ASIA

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठलाई नियुक्त गर्ने भएको छ । कम्पनीको असार ९ गते बसेको सञ्चाल समितिको बैठकले कामु सिइओको जिम्मेवारी बहन गरिरहेका श्रेष्ठलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । श्रेष्ठ लुम्बिनी जनरल इन्स्योरेन्सबाट केहि समय अगाडि नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए ।

बीमा समितिले कम्पनीलाई बारम्बार प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न  दवाव दिए पछि कम्पनीले श्रेष्ठलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । सञ्चालक समितले प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठलाई अगाडि सारे पनि बीमा समितिले अन्तिम स्वीकृति दिनुपर्छ । संस्थागत सुशासन अन्तर्गत रहेर बीमा समितिले उनलाई अनुमति दिने या नदिने निर्णय गर्नेछ ।

Prabhu
Crest

बीमा समितिले अहिलेसम्म श्रेष्ठलाई अन्तिम स्वीकृति भने प्रदान गरेको छैन । बीमा समितिले अन्तिम स्वीकृति दिए पछि मात्रै उनलाई औपचारिक रुपमा सञ्चालक समितिले नियुक्ती दिन सक्नेछ । जनरल इन्स्योरेन्सले स्थापनाकालदेखि अहिलेसम्म एक जना पनि प्रमुख कार्यकारी अधिकृत राख्न सकेको छैन । विगतका वर्षमा महाप्रवन्धकबाटै कम्पनी सञ्चालन हुँदै आएकोमा बीमा समितिले पछिल्लो समय थप कडाइ गर्न थाले पछि बाध्य भएर प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्ने तयारीमा जुटेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS